एनआरएनए जापान महिला उपाध्यक्षमा अनिता गुरुङ सर्वसम्मत

2 September, 2017 01:30 | जापान | comments | 115650 Views

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको महिला उपाध्यक्षमा अनिता गुरुङ सर्वसम्मत चयन हुनु भएको छ।

निर्वाचन समितिका संयोजक ओम गुरुङ तथा नव निर्वाचित अध्यक्ष टासी वाङदी लामाको विशेष पहलमा शुक्रबार महिला उपाध्यक्ष पदका पदाधिकारीहरुवीच भएको सहमति प्रयासमा प्रत्यासी सविता श्रेष्ठले गुरुङलाई समर्थन गरेपछि सर्वसम्मत सम्भव भएको हो।

शुक्रबार साँझ भएको सहमति पछि प्रत्यासी सविता श्रेष्ठले आफना सुभेच्छुकहरुलाई  धन्यवाद दिदै सहमतिमा नयाँ नेतृत्व चयन गर्न आफु बाधक नहुने भन्दै महिला उपाध्यक्षमा अनिता गुरुङ सर्वसम्मत भएको जानकारी गराएकी थिईन।

वर्तमान कार्यसमिति सदस्य रहेकी सविताले आफु एनआरएनए अभियानमा सकृय रहने भन्दै सहमतिबाट सवै पदाधिकारी चयन हुनेमा विश्वास व्यक्त गरेकी छन। यता उपाध्यक्षमा चयन भएकी गुरुङले एनअारएनए अभियानमा सवैलार्इ समेटेर सृजनात्मक काम गर्ने प्रतिवद्धता जनाएकी छन।

सहमति प्रयास जारी

यसैबीच आईतबार हुन लागेको एनआरएनए जापानको निर्वाचन पूर्व उम्मेदवारहरु बीच विभिन्न पदमा सहमति प्रयास जारी राखिएको छ।
निर्वाचन समितिका संयोजक गुरुङ तथा नव निर्वाचित अध्यक्ष टासी वाङदी लामाको विशेष पहलमा उपाध्यक्ष, सचिव र सदस्य पदमा समेत सहमति प्रयास जारी राखिएको छ।

यस अघि आठौँ अधिवेशन अवसर मै अध्यक्षमा टासी वाङदी लामा, महासचिवमा बुद्धिराज घिमिरे र कोषाध्यक्षमा कालिका थापा सर्वसम्मत चयन भएका छन भने वरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी तथा आईसीसी सदस्यहरुमा टंक गैरे, कपिलदेव थापा, केशर गिरी, दिनेश गुरुङ, डिलाराम गैरे र अनुज थापा सर्वसम्मत चयन भएका छन।

अनलाईन भोटिङ तयारी पुरा

अन्तिम समयसम्म सहमतिको प्रयास जारी राखिने बताउदै आएको निर्वाचन समितिले भने यस पटक गर्न लागिएको भनिएको अनलाईन भोटिङको तयारी समेत पुरा गरि सकेको जनाएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!