एनआरएनए फुजेराले जनचेनतामूलक कार्यक्रम गर्दै

4 January, 2018 16:33 | एन आर एन न्युज | comments | 16800 Views

गैरआवासीय नेपाली संघ यूएई अन्तरगतको क्षेत्रीय समन्वय परिषद् फुजेराले जनचेतनामूलक रमाइलो वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनआरएनए फुजेरा क्षेत्रीय अध्यक्ष वीरेन्द्र खड्काका अनुसार  अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगामी जनवरी ५ तारिख शुक्रबार फुजेराको रमणीय माधवपार्कमा आयोजना बृहत् वनभोज जनचेतनामूलक हुने  छ ।

त्यहाँका स्थानीय नियम, कानुन, ट्राफिक, कर जस्ता सर्वसाधारण नेपालीहरुका चासोका विषयमा एनआरएनए एनसीसी यूएईका विज्ञ पदाधिकारीहरुले वनभोजमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा मनोरन्जनात्मक खेलहरुका साथमा सांगीतिक प्रस्तुति रहने बताइएको छ ।उक्त कार्यक्रममा एनआरएनका मध्यपूर्व उपसंयोजक गोपाल कंडेल, सल्लाहकार निमेष गिरी र दीपक खड्काका साथमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुबाट जनचेतना सम्बन्धी बिशेष सम्बोधन तथा जनचेतनाको लागि उपयोगी जानकारी मूलक प्रशिक्षण कार्यक्रम रहने बताइएको छ ।

उक्त जनचेतनामूलक वनभोज कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाइ दिनु हुन फुजेरावासी तथा यूएईमा रहेका सबै नेपालीहरुलाई एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले अनुरोध गरेका छन् ।

एनआरएनए मलेसियाले टोपी दिवस मनायो

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More