एनआरएनए युएईले बुद्धजयन्ती मनायो
राम ढुंगेल, अबुधाबी । गैरआवासीय नेपाली संघ युएईले २५६१ औं बुद्धजयन्ती अबुधाबीमा एक कार्यक्रम गरि मनाएको छ ।
रकगायक रविन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनआरएनए एनसीसी युएईका अधिकांश पदाधिकारीहरुले बुद्धको तस्वीरमा माल्याअर्पण गरी बुद्धको महिमा गाउँदै बुद्धजयन्ती मनाएको एनआरएनएले जनाएको छ ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको सन्देशहरु अझै पनि समयसापेक्ष भएको वक्ताहरुले जोड दिएका थिए । मे १२ तारिख अबुधाबीको भान्साघर रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले युएईका केही नेपाली संस्थाहरुले बुद्धको नाममा विभेदको राजनीति गरेको बताए । उनले बुद्धको शान्ति, सहिष्णुता र भातृत्वको भावनालाई लत्याएर गुटउपगुटमा विभाजित गराउने खेलले कसैलाई बुद्धत्व प्राप्त नहुने र त्यस प्रकृतिका कामहरु बुद्धचिन्तन विपरीत हुने दाबी गरेका थिए ।
कार्यक्रममा एसियाका तारा गौतम बुद्धको शान्ति, अहिंशा र त्यागको मार्गमा जीवनलाई डोहोर्याएमात्र बुद्धजयन्ती मनाउनुको सार्थकता झल्कने कुरामा जोड दिइएको थियो ।
एनआरएनए राक क्षेत्रीय कमिटीले पनि रास अल खेमा क्षेत्रमा विभिन्न नेपाली संघसंस्थाहरुको सहकार्यमा बुद्धजयन्ती मनाएको क्षेत्रीय अध्यक्ष राजेन्द्र रास्योराले बताएका छन् ।
यसैबीच एनआरएनए युएईले एनसीसी सदस्य भोजराज फुँयाल (शंकर) लाई बिदाई कार्यक्रम गरेको छ । लामो समय युएईका रोजगारीका क्रममा रहेका प्रस्टवक्ता, सामाजिक व्यक्तित्व फुँयाल पुनः युएई नफर्कने गरी नेपाल जाँदै छन् । नेपाली दुतावासमा आयोजित बिदाई कार्यक्रममा फुयाँलले युएईमा रहँदा निर्वाह गरेको भूमिकाको सबैले प्रशंसा गरेका थिए ।
बुद्धजयन्तीका अवसरमा अस्थी धातु प्रदर्शन
तपाईंको प्रतिकृया
ताजा समाचार
- अपिनाम्पामा पर्यटक आगमनमा कमी
- टाटा सुमोको ठक्करबाट एकको मृत्यु
- अर्जुन र जुना विरेन्द्रको ”हरेक साँझ”मा(भिडियो सहित)
- भारतीय पूर्व विदेश सचिव जयशंकर टाटाको विश्व कर्पोरेट मामिला प्रमुखमा नियुक्त
- पर्यटन मन्त्री अधिकारीको संयोजकत्वमा निजगढ विमानस्थल निर्माण समिति
- फुटबलले जगाएको आशा
- कोलकातामा नेपाली नृत्य
- तीन महिनाका लागि प्रदेश दुईको सरकारले ल्यायो १ अर्ब बढी बजेट
- जापानको बढ्दो श्रमिक समस्याको विकल्प मानवयन्त्र
- सिण्डिकेट बिरुद्ध सरकारको अर्को कदम- बन्दहडताल गर्न नपाइने
- राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल नियुक्त
- केपी ओली निरंकुश बने: कोइराला
- लोकतन्त्र- सपना बेच्ने, सपनामै रमाउने र भ्रम छर्ने दन्त्यकथा होइन
- कक्षा ११ र १२ को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने : परीक्षा बोर्ड
- मनमा संगीतको ढुकढुकी : नेपाली ताराले बनायो स्थापित
- बेलायतको राजपरिवारमा नयाँ सदस्यको आगमन
- फरार अभियुक्त १९ वर्षपछि पक्राउ
- ओलम्पिक तयारीबारे प्रश्न र आलोचनाको लागि जापान तयार हुनुपर्ने आइओसीको भनाइ
- भागवण्डाको चक्कर- ३१ मन्त्रालय हुँदा १२, २१ मा झर्दा १६ संसदीय समिति
- शिक्षा अधिकारीविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


