‘एनआरएनए युएसए हेल्प डेस्क’ का लागि कोष स्थापनाको माग

25 April, 2018 19:31 | एन आर एन न्युज | comments | 75000 Views

अमेरिकाको सान फ्रान्सिस्कोमा हालै सम्पन्न ‘ हेल्प यन्ड सेल्फ हेल्प’ बिषयक कार्यशाला गोष्ठीका सहभागीहरुले एनआरएनए एनसीसी युएसए लाई हेल्प डेस्कका लागि एक छुट्टै कोषको स्थापना गर्न माग गरेका छन् । एनआरए युएस  हेल्प डेस्कको प्रशंसा गर्दै उनीहरुले  एक छुट्टै कोष स्थापनाको माग गरेका हुन् ।

adsads

गोष्ठीका केही सहभागीहरुले एनआरएनएले लिने १५ डलर सदस्यता शुल्क मध्ये दुई डलर हेल्प डेस्क कोषमा राख्न पर्ने सुझाव दिएका छन।
एन आर एन क्यालिफोर्निया च्याप्टर तथा एन आर एन हेल्प डेस्क उत्तर क्यालिफोर्नियाको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा एनआरएनए एनसिसि युएसएका सल्लाहकार उत्तम कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा एनआरएनए हेल्प डेस्ककी सभापति तथा एनआरएनए एनसीसी युएस्एकी  उपाध्यक्ष उमा कार्की थापाले एन आर एन हेल्प डेस्कको भावी योजना बारे प्रकाश पार्दै बिभिन्न क्षेत्रमा कार्यरत एक्स्पर्टहरुलाई हेल्प डेस्कका रिसोर्स पर्सनको रुपमा सहयोग पुर्याउन आव्हान गरेकी थिइन् । एन आर एन हेल्प डेस्कलाई सञ्चालन गर्न कोषको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा एनआरएनए एनसिसि बोर्डमा राखेको र बोर्डले सो समाधान गर्ने विश्वास व्यक्त गरिन् ।

‘हेल्प यन्ड सेल्फ हेल्प’ कार्यशाला गोष्ठीमा अध्यावधिक ‘अमेरिकी इमिग्रेशन ल’ को बारे बोल्दै इमिग्रेशन अटोर्नी यज्ञ नेपालले हाल कानुन निकै कडा हुँदै गएको र सो बाट बाँच्न सकिने उपायहरु बारे चर्चा गरेका थिए ।

सो कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्रीको राजकीय भ्रमणमा एनआरएनएले स्थान पाउनु गौरबको विषय

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More