एनआरएनए युगान्डाले गर्यो अफ्रिकामा रक्त दान

12 February, 2018 14:36 | प्रबास | comments | 110100 Views

गैर आवासीय नेपाली संघ युगान्डाले  युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।

बिश्वब्यापी रक्तदान कार्यक्रम अभियान चलाउदै हिडिरहनु भएका अमेरिकाका एनआरएन रक्तदाता अर्जुन प्रसाद मैनाली बिशेष अतिथिका रुपमा सहभागी हुनु भएको यस कार्यक्रममा उहाले १६१ औ पटक रक्तदान गर्नु भएको थियो ।

adsads

कार्यक्रममा बोल्दै मैनालीले नेपालीहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जीवनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानवीय कार्यको लागि आभार ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए युगान्डाका अध्यक्ष राजमणी भन्डारी , पुर्ब अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

एक सय एक जनाले रक्तदान गर्नु भएको उक्त कार्यक्रममा नेपाली , भारतिय , पाकिस्तानी , अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरु समेतको उपस्थिति भएको थियो ।

युगान्डाको लेक अल्बर्टमा फुटबल टिम चढेको डुङ्गा दुर्घटना, ३०को मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More