एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई रु ६ लाख सहयोग

21 October, 2017 19:34 | एन आर एन न्युज | comments | 78450 Views

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि विदेशमा बस्ने नेपालीहरुबाट रु ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

गैरआवासिय नेपाली संघ (एनआरएनए) रसियाद्धारा सो आश्रमको सेवा कार्यका लागि रु ६ लाख सहयोग प्राप्त भएको आश्रमकी संयोजक रुपा केसीले बताउनुभयो ।

adsads

एनआरएनएका निवर्तमान अध्यक्ष तथा रसियाका प्रमुख संरक्षक जीवा लामिछानेको सहभागितामा एनआरएनए रसियाका संरक्षक टेकराज निरौला र कोषाध्यक्ष गोबिन्दप्रसाद आचार्य तथा सल्लाहकार खेमराज लामिछानेले उक्त रकम आश्रममा नै पुगेर हस्तान्तरण गर्नुभयो ।

सडकमा रहेका असहाय तथा मनोरोगीहरुलाई उठाएर आवश्यक उपचार र मनोविमर्श सेवा दिएपछि पुन परिवारमा फर्काउने आश्रमको कार्यबाट आफूहरु प्रभावित भएको भन्दै गैरआवासिय नेपाली संघ ९एनआरएनए० का निवर्तमान अध्यक्ष जीवा लामिछाने र संरक्षक टेकराज निरौलाले यस्ता मानवसेवाका लागि आगामी दिनमा आफ्नोतर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमले अहिले सडकमा कष्टकर जीवन गुजार्दै आएका तथा मनोरोगीहरु गरी ५० जनालाई उद्धार गरी पालन पोषण तथा मनोविमर्श सेवा दिएर राखेको छ ।

प्राप्त रकम आश्रमको भवन निर्माणमा खर्च गरिने जनाएको छ । हाल भरतपुरको बाईपासरोडमा रहेको आश्रम भाडामा सञ्चालन हुँदै आएको छ । नारायणगढका एक व्यवसायीले जग्गा दिएकाले अब भवन निर्माणको काम शुरु हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

चितवन सहित हेटौडा, काठमाडौ, गोरखा, लमजुङ, पर्सा, ललितपुर, बाग्लुङमा कार्यालय खोलेर आश्रमले सडकमा वेवारिसे तथा कष्टकर जीवन गुजार्दै आएकाहरुलाई उद्धार गर्दै आएको छ । यो अभियान देशव्यापी बनाउने योजना आश्रमको छ । हाल उद्धार गरिएका ३२२ जना असहायहरुले ती कार्यालयशरुबाट सेवा पाईरहेको जनाइएको छ ।

२०६९ सालमा सेवा शुरु गरेको आश्रमले अहिलेसम्म सडकबाट उद्धार भएका २०० जनालाई परिवारमा पुनस्र्थापित गरिसकेको छ । विसं २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त देश बनाउने योजना आश्रमको रहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

रविन्द्र अधिकारी

फेसबुक

रविन्द्र अधिकारी

ट्वीटर

सामाजिक सञ्जाल

More