Friday 26, May 2017
नेपाली समय: 01:43:45
जापानी समय: 04:58:45

एनआरएनका केन्द्रिय उपाध्यक्ष पन्त र प्रमुख संरक्षक लामिछाने पोर्चुगल आउँदै

12 May, 2017

गैर -आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, गैर -आवासीयनेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक जिवा लामिछाने, गैह्र आवासीय नेपाली संघ जर्मनीका निबर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एवं नागरिक्ताको निरन्तरता सम्बन्धी कार्यदलका सदस्य सन्तोष भट्टराई र गैर -आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका पूर्व सल्लाहकार सुभाष पोखरेल लगायतका ब्यक्तित्वहरु पोर्चुगल भ्रमणमा आउने भएका छन्।

जीवा लामिछाने

गैर -आवासीय नेपाली संघ पोर्चुगलले उक्त अवसरमा अतिथिहरुको स्वागत सम्मान तथा ”नेपाली नागरिकताको निरन्तरता र राष्ट्र निर्माणमा एनआरएनए को भूमिका” बिषयमा अन्तरक्रियाको कार्यक्रम आयोजना गर्ने भएको छ।

गैर -आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक जिवा लामिछानेबाट लिखित बहुचर्चित यात्रा साहित्यको पुस्तक ”सरसर्ती संसार” को समिक्षा तथा लेखकसंग साक्षात्कार कार्यक्रमको समेत आयोजना गरेको छ उक्त साहित्यिक कार्यक्रम भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र गैर -आवासीय नेपाली संघ पोर्चुगलले संयुक्त रुपमा आयोजना गर्ने भएको हो।

कुमार पन्त

१४ मे २०१७ आईतवार दिउँसो ३:३० बजे लिस्बनको आन्जुस स्थित जिनासियो क्लबको सभाकक्ष (रुआ डोस अन्जोस ६३, ११५० -०३५ लिस्बोया ) मा आयोजित उक्त कार्यक्रममा आयोजकले पोर्चुगल स्थित क्रियाशील सम्पूर्ण संघ-संथाहरु, समाजसेवीहरु, ब्यवसायीहरु तथा पत्रकारहरु लगायत इच्छुक व्यतित्वहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo