एनआरएन अमेरिकाको निर्वाचन रोक्न अदालतको आदेश

9 August, 2017 11:21 | एन आर एन न्युज | comments | 54450 Views

उम्मेदवारको योग्यता लगातका विषयमा उत्पन्न विवादपछि अदालत पुगेकको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन स्थगित भएको छ ।

अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचनका कार्यक्रम स्थगित गरेको हो ।

adsads

एनआरएन अमेरिकाको आसन्न निर्वाचनको विषयमा टेनेसी अदालतले तत्कालको लागि निर्वाचन गर्न प्रतिवन्ध लगाएको छ । अदालतले अगस्त ८ तारिखमा गरेको आफ्नो निर्णयमा भनेको छ, अदालतमा विचाराधीन रहेको निर्वाचन सम्वन्धी विषयमा गैरआवासीय नेपाली संघ, अमेरिकाको निर्धारित मिति अगष्ट ११ र १२ तारिखको निर्वाचन यथास्थितिमा र प्रतिवन्धात्मक व्यवस्था अनुसार सञ्चालन नगर्न निर्देशन दिन्छौं ।

अदालतको निर्णयमा भनिएको छ, यो आदेशको अधिनमा रहेर निर्वाचनको मिति पुनः निर्धारण गर्न र निवेदकको नाम समावेश गगरी निर्वाचन मतपत्रमा निवेदकको नाम समावेश गरेर स्वच्छ निर्वाचन गराउन आदेश दिइएको छ ।निवेदकका तर्फबाट थप सुनुवाईको आवश्यक परेको खण्डमा पुन सुनुवाई गर्न सकिने अदालतको निर्णयमा उल्लेख गरिएको छ ।

अध्यक्षका प्रत्यासी गौरी जोशी र महासचिवका उम्मेदवार पूर्णचन्द्र बानियाले आफूहरुको नाम उम्मेदवारी सूचीमा समावेश नगरेको भन्दै निर्वाचन आयोगका विरुद्ध अन्तरिम आदेश जारी गर्न निवेदन दिएका थिए ।

यसै गरी एनआरएन आइसीसीले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेद्वारीको योग्यताबारे छानबीन गर्न गठित समितिले जोशीलाई उम्मेद्वारीबाट बन्चित गर्नुपर्ने कुनै कारण नरहेको प्रतिवेदन पेश गरेको छ ।

समितिले पेश गरेको प्रतिवेदनलाई आइसीसी सचिवालय बैठकले अनुमोदन गरेको छ । बैठकले अनुमोदन गरेको निर्णयसहित आइसीसी महासचिव डाक्टर बद्री केसीले आइसीसीका अमेरिकास्थित क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पालाई पत्राचार समेत गरेका छन् ।

एनआरएन अमेरिका : नेतृत्व हत्याउन दलीय सहारा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More