एनआरएन अमेरिकाद्वारा सदस्यहरूको परिचय पत्र वितरण प्रकृया सुरु

23 November, 2017 16:02 | एन आर एन न्युज | comments | 34800 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागि आवश्यक पूर्वाधार तयार गरी वितरणको प्रकृया  सुरु गरेको छ ।

एनआरएनए अमेरिकाका  अध्यक्ष डा. केशव पौडेलले  संस्थाको वेब पेजमा लग-इन गरी आफ्नो तस्वीर अपलोड गर्नका साथै अन्य जानकारी अपडेट गरे पश्चात परिचय पत्रका लागि प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

पौडेलले सम्पूर्ण रजिष्ट्रड सदस्यहरूलाई इमेल मार्फत गराएको जानकारी अनुसार अबको केही दिन भित्रमा परिचय पत्रका लागि आवश्यक फोटो अपलोड गर्नका साथै अन्य व्यक्तिगत जानकारी समेत अपडेट गर्न एक इमेल सदस्यहरूलाई प्राप्त हुनेछ ।

अध्यक्ष डा.   पौडेलद्धारा प्रेसित विज्ञप्तिमा कसरी तस्वीर अपलोड गर्ने तथा अनलाइन प्रोफाइलको पासवर्ड बिर्सेको भए कसरी परिवर्तन गर्ने भन्ने विषयमा प्राप्त गरिने इमेलमा सबै सूचना समावेश हुने उल्लेख छ ।

वर्तमान कार्यसमितिले पदभार ग्रहण गरे लगत्तै गत सेप्टेम्बर १७ तारिखमा बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमिति सदस्य गोपेन्द्र भट्टराईको संयोजकत्वमा एनआरएनए परिचयपत्र समिति गठन गरी परिचयपत्रको व्यवस्था चाँडै सुरु गर्न सम्पूर्ण जिम्मेवारी दिएको थियो ।

एनआरएन अमेरिकाका मिडिया कोर्डीनेटर बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार अबको केही साता भित्रमा अमेरिकाका सबै एनआरएनए सदस्यहरूले आआफ्ना स्थानीय शाखाहरुमार्फत परिचयपत्र प्राप्त गर्नेछन् तर यसका लागि भने प्रत्येक सदस्यले अनलाइन प्रोफाइल अपडेटका साथै पासपोर्ट साइजको तस्वीर समेत अपलोड गर्नुपर्नेछ ।

एनआरएन अमेरिकाको निर्वाचन रोक्न अदालतको आदेश

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More