एनआरएन चीनको अध्यक्ष पदमा नबिन बिक नलड्ने ,प्रदीप न्यौपानेलाई समर्थन गर्ने 

13 August, 2017 10:30 | एन आर एन न्युज | comments | 9300 Views
एनआरएनएको विश्व सम्मेलन नजिकदै गर्दा संसार भरका देशमा एनआरएनएको नयाँ  नेतृत्व चयनको लागी ब्यापक चुनावी माहोल बनेको छ। यसै गरी संसारकै ठुलो भौगोलिक बनावट र अर्थतन्त्रको देश चीनमा पनि चुनावी माहोल हुनु स्वाभाविक नै हो, त्यसैले आगामी अगस्ट २६ तारिखको दिन चीनको गोनजाउ शहरमा पनि चुनावको मिति तोकिएको छ।
चुनावको मिति भन्दा धेरै पहिला देखिनै अध्यक्ष पदका प्रबल दावेदार तथा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष नबिन बिकले पनि प्रदीप न्यौपानेलाई समर्थन गरेका छन। बिक भन्छन,अहिले संसार भर नै पदकै लागी  झै झगडा,गुट उपगुट बनाएर संस्थालाई नै जीर्ण र शिथिल बनाउने काम भएको छ। त्यसैले हामीले ब्यक्तिगत स्वार्थ भन्दा पनि संस्थाको हितको लागी सोच्न र निर्णय लिन सक्नु पर्छ,संस्था स्वच्छ र बलियों भए नै समाजलाई संस्थाले योगदान दिन सक्छ, त्यसैले पदकै लागी भनेर संस्थालाई कमजोर बनाउनु हुदैन, हाम्रो अलिकति बलिदान ले संस्था र समाजलाई फाईदा हुन्छ भने किन नगर्ने ? 
 
हामीले संस्थाबाट लिने भन्दा पनि दिने बानिको बिकास गर्नुपर्छ। बिक संस्थापन कालदेखी एनआरएनएमा लागेका लामो र राम्रो अनुभव  सम्हालेका ब्यक्तित्व हुन , उनले २ कार्यकाल कोषाध्यक्ष र २ कार्यकाल उपाध्यक्षमा रहेर कामगरी सकेको अनुभव छ र अन्तराष्ट्रीय समुदायमा उनको ब्यापक राम्रो सुढृद संजाल भएको हुदा , भोली संस्थालाई अगाडी बढाउनलाई , संस्थालाई सुढृद बलियो र सक्षम बनाउनलाई राष्ट्रिय र अन्त राष्ट्रिय समितिको बिचमा पुलको भुमिका खेलेर अन्तराष्ट्रिय केन्द्रीय सदस्यको पदमा रही सहयोग गर्न न्यौपाने ले अनुरोध गरेका थिए। न्यौपाने ले बिक ले उठाएका चुनाबका एजेण्डाहरुलाई पनि सम्बोधन गरेर अघि बढ्ने आश्वासन दिए पछि संस्थाको हितको लागी आफ्नो अध्यक्ष पदको दावा छाडी अन्तराष्ट्रीय केन्द्रीय सदस्य जान तयार भएको बताए। जुन पदिय हिसाबले राष्ट्रिय समिति अध्यक्षको पदभन्दा माथी हुन्छ।
 
जित्ने आधार के के हुन?
 नबिन  भन्छन , हामी संस्थाको लागी १ दशक देखी निस्वार्थ भावनाले यही समाजमा लागेका ब्यक्ती हौ, हामीले बिदेशी रोजगारको सिलसिलामा आएर अलपत्र परेका , गोनजाउमा आएर बिरामी परेका, प्रवेश आज्ञा भन्दा ज्यादा म्याद नाघेका लगाएत नेपालीहरुलाई धेरै सहयोग गरेका छौ, नेपालको वृद्धा आश्रम , विद्यालय तथा भुकम्प पीडितहरुलाई समेत राहत प्रदान गरेको राम्रो अनुभव छ, सबै भन्दा मुख्यकुरा गोन्जाउका ८०% प्रतिशत जनसमुदायले पूर्ण रुपमा हामीलाई नै समर्थन दिएको अवस्था छ, भुपु अध्यक्षहरु  ,सल्लाहकार र पुराना कार्यसमिति तथा वर्तमान कार्यसमितिका सम्पुर्ण साथीहरुले नै प्रदीप न्यौपानेको समर्थन  गरेका छन, प्रदीप न्यौपाने भनेको आजको चीनको नेपाली समुदायको आवाज हुन। त्यसैले पनि हामीले जित्नेमा हामी विश्वस्त छौ किनकी जहाँ पनि सत्यकै जित हुन्छ ।
 
 को हुन प्रदीप न्यौपाने ?
 
नुवाकोट मा जन्मीएका प्रदीप अहिले काठमाडौका पनि स्थायी बासिन्दा  हुन र ब्यापारको शिलशिलामा १५ बर्ष पहिला चीनको गोनजाउ आई पुगेका हुन।उनले तयारी पोशाक, जुत्ता, भवन सामग्री फर्निचर लगायतका सामानहरु नेपाल भारत लगायत बिभिन्न देशमा निर्यात गर्छन । उनले २००९ देखि कार्यकारी सदस्यमा  बसि संस्थामा सेवा दिन सुरु  गरेका थिए l  सचिव जस्तो गरिमामय पदमा बसेर दुई कार्यकाल संस्था चलाएको गतिलो अनुभव उनीसंग छ। उनले नेपाल देखि चीनको बिभिन्न क्षेत्रमा  पनि व्यक्तिगत वा संस्थागत रुपमा पनि धेरै समाज सेवा गरेका छन । 
 
आज भन्दा दुई वर्ष पहिला नेपालमा गएको महाबिनाशक भूकम्पको बेलामा चीनले १.५ करोड सहयोग गरेको थियो जसमध्यो ५४ लाख रुपैया प्रदीपले मात्रै फुजीयन प्रान्तबाट उठाएका थिए । न्यौपाने स्वच्छ छबि, सबै संग मिल्न सक्ने र सहयोगको भावनाले ओतप्रोत भएका व्यक्तित्व भएका युवाको रुपमा चीनमा परिचित छन ।
    
अन्त्यमा नबिन बिक ले हाम्रालाई भन्दा राम्रा लाई संस्थामा ल्याउन लागेको मुहिमलाई पुर्ण सहयोगको लागिआफ्ना समर्थक तथा सम्पुर्ण चीनबासि जनसमुदाय मा अनुरोध तथा प्रदीप न्यौपानेलाई अध्यक्ष पदको लागी र आफुलाई आईसीसीमा सबैले भोट हाली आफ्नो पुरा समुहलाई नै अत्यधिक बहुमतले बिजय गराउन अनुरोध गरेका छन ।
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More