एनएसीबाट तेल चुहिएको विषयमा छानविन समिति गठन

20 March, 2017 22:43 | जन सरोकार | comments | 1500 Views

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङमा राखेको विमानबाट तेल चुहिएको विषयमा छानविन गर्न समिति गठन गरेको छ । निगमको एयरबस ३२० विमानबाट चैत १ गते साँझ पौने ७ बजे करिब पाँच हजार टन हवाइ इन्धन विमानस्थलमा चुहिएको थियो ।
नेपाल नागरिक उड्डयन्त्र प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो । छानविन समितिको सदस्यमा प्राधिकरणका पूर्व उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ र सैनिक हवाई महानिर्देशनालयका महासेनानी लक्ष्मी प्रसाद तुम्बाहाम्फे रहेका छन् ।
छानविन समितिलाई विस्तृत छानविन गरी १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । समितिले भविष्यमा यस्ता घटना हुन नदिन र यस्तो घटनामा संलग्न जिम्मेवार पदाधिकारीहरुलाई गर्ने कारवाहीका विषयमा सिफारिस गर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More