एनटिसी र एनसेलले रोयल्टी बुझाए

18 October, 2017 18:50 | अर्थ | comments | 12600 Views

देशका दुई ठूला टेलिकम अपरेटर कम्पनीहरु  नेपाल टेलिकम र एनसेलले राजस्व रकम बुझाउने अन्तिम दिन  सरकारलाई रोयल्टी बापतको रकम बुझाएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार रोयल्टीको रकम जम्मा गर्ने अन्तिम दिनसम्म दुई कम्पनीहरुले रकम बुझाएको जानकारी दिएको छ । प्राधिकरणकाअनुसार दुबै कम्पनीहरुले बैंकमा राजस्व रकम दाखिला गरेर प्राधिकरणलाई जानकारी गराएका हुन् ।

उच्च रोयल्टी रकम बुझाउनेमा एनसेल कम्पनी अग्रस्थानमा रहेको छ । एनसेलले प्राधिकरणलाई २ अर्ब २७ करोड ७८ लाख ८५ हजार २ सय ४७ रुपैयाँ बुझाएको प्राधिकरणले जानकारी दिएको छ । रकम बुझाएको आधारमा हेर्दा एनसेलको अनुमानित कुल आम्दानी रकम ५६ अर्ब रुपैयाँको हाराहारी हुन आउँछ । त्यसैगरि अर्को ठूलो कम्पनी नेपाल टेलिकमले भने १ अर्ब ५६ करोड रुपैयाँ रोयल्टी बापतको रकम जम्मा गरेको जानकारी दिएको छ ।

प्राधिकरणकाअनुसार दूबै कम्पनीले लेखापरिक्षण पूर्वको अनुमानित आयव्ययको आधारमा रोयल्टी रकम दाखिला गरेका हुन् । टेलिकम कम्पनीहरुले आफ्नो कुल आयको ४ प्रतिशत रकम रोयल्टी बापत बुझाउनुपर्ने हुन्छ । त्यसआधारमा हेर्दा नेपाल टेलिकमले आफ्नो अनुमानित आम्दानी ४० अर्ब ७४ करोड रुपैयाँको ४ प्रतिशत रकम दाखिला गरेको हो ।

रकम बुझाएको आधारमा हेर्दा एनसेलको अनुमानित कुल आम्दानी रकम ५६ अर्ब रुपैयाँको हाराहारी हुन आउँछ । यसको आधारमा हेर्दा यस वर्ष एनसेलको आम्दानी गत वर्षको भन्दा करिब ७७ करोड रुपैयाँले घट्न सक्ने देखिएको छ । नेपाल टेलिकम र एनसेल बाहेक अन्य कम्पनीहरुले भने रोयल्टी रकम दाखिला गरेको जानकारी प्राधिकरणमा नआईसकेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

त्यसैगरि प्राधिकरणका अनुसार साना इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले रोयल्टी रकम बुझाएपनि ठूला आईएसपी कम्पनीहरुले राजस्व बुझाएको जानकारी नआएको जनाएको छ । रोयल्टी समयमा नबुझाएपनि कम्पनीहरुले कुनै जरिवाना वा थप रकम तिनुपर्ने व्यवस्था नभएको हुँदा कम्पनीहरुले आफ्नो अनुकुल रोयल्टी बुझाउँदै आएका छन् ।

प्राधिकरणले समयमा रोयल्टी बबुझाउने कम्पनीहरुलाई २ प्रतिशत अतिरिक्त शुल्क मासिकरुपमा लगाउनुपर्ने प्रस्ताव गरेपनि सूचना तथा संचार मन्त्रालयबाट स्वीकृत नहुँदा लागु हुन सकेको छैन् ।

तिहार र छठका लागि नेपाल टेलिकमको आकर्षक सुविधा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More