एनसेलले ल्यायो ‘नेट टिभी प्याक’

27 October, 2016 01:44 | सूचना/प्रविधि | comments | 12000 Views

nettv-and-ncellमोबाइलमा टिभी हेर्न लोकप्रिय बन्दै गएको एप ‘नेट टिभी‘ अब एनसेलसंग पनि जोडिएको छ | यहि कार्तिक १० गते देखि एनसेल प्रयोग कर्ताले मोबाइल टिभी प्याक किनेर मोबाइलमै टिभी हेर्न सक्नेछन | चाडपर्वको शुभ अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पुर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् ।

नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक जस्तो नविन सेवा सुरु गर्दै एनसेलले एउटा कोसेढुङ्गा स्थापना गरेको जनाएको छ। यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मार्फत अनलाइन टिभी हेर्न सक्नेछन् । हाल करिब तिन लाख पचास हजार मोबाइल प्रयोगकर्ता रहेको ‘नेट टिभी’ एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो,एनआइटिभी स्ट्रिम्ज प्राली लाई जापानको न्यु आइटी भेन्चर कर्पोरेसन प्ल्याटफर्म र टेक्नोलोजी प्रदान आइरहेको छ | एनसेलले एनआईटिभी स्ट्रिम्जसग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ ।

यो पनि पढ्नुहोस : हात हातमै लाईभ टिभी हेर्न “नेट टिभी नेपाल’

यो मोबाईल टिभी प्याक बुधबार (कार्तिक १०, २०७३) देखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क रु ३५ तोकिएको छ । १ घण्टाको प्याकको रु ६० पर्दछ भने २ घण्टा र ३ घण्टा प्याकको मुल्य क्रमशः रु १०० रु १५० निर्धारण गरिएको छ । प्याकका शुल्कहरुमा कर समावे श गरिएका छन् ।

यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नविकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नविकरण हुनेछ ।

प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरिद गर्न सक्छन् । उदाहरणका लागि प्रत्येक पटक लिन मिल्ने १ घण्टाको प्याक खरिद गर्नका लागि ग्राहकले अंग्रेजीमा १ स्पेस अंग्रजीको सानो अक्षरमा एचआर स्पेस अनि अंग्रजीमा ठूलो डी टाइप गरी १७१३३ मा एसएमएस पठाउन सक्छन् ।

For Android को एप डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् 

For IOS को एप डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस ।

त्यस्तै स्वतः नविकरण हुने प्याक लिनका लागि अंग्रेजीमा १ अनि स्पेस नछोडी अंग्रजीको सानो अक्षरमा एचआर टाइप गरि १७१३३ मा पठाएर प्याक सुचारु गर्न सक्छन् ।
‘‘मोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नविन सेवा ल्याउन पाएकोमा हामी निकै खुसि छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकतृत रुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मुल्य प्रदान गर्नेछ ।”

आइभिआरद्वारा पनि टिभी प्याक सुचारु गर्न सकिन्छ । सुचारु गरिएको प्याकको अवधि सकिएपछि कर बाहेक प्रति एमबि रु ३ को विद्यमान शुल्क लागु हुनेछ । यदि ग्राहकलाई सुचारु गरिएको प्याक बन्द गर्नुपर्ने भएमा एस्ट्रिक १७१३३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सेवा बन्द गर्न सक्नेछन् । त्यसैगरी १७१३३ मा एसएमएस गरेर पनि प्याक बन्द गर्न सकिन्छ । जस्तै २ घण्टाको प्याक निष्क्रिय गर्न ग्राहकले अंग्रेजीमा ठूलो आर २ अंग्रेजीमा सानो एचआर सँगसँगै टाईप गरी १७१३३ मा पठाउनु पर्ने हुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More