एन्फा कार्यसमितिको चुनाव माघ ११ मा हुने

23 October, 2017 22:52 | खेल | comments | 192450 Views

एन्फा कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेका कारण चुनाव २ साता पछि सरेको छ । यसअघि पुस २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ ११ गते हुनेछ ।

adsads

निर्वाचन समिति र उम्मेदवारहरुका लागि दावी बिरोधको समय आवश्यक भएकाले एशियाली फुटबल महासंघको स्वीकृतिमा चुनाव दुई साता सारिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

यस्तै एन्फा बैठकले ४५ जिल्ला संघहरुको अधिवेशन र निर्वाचन कात्तिक २५ देखि मंसिर २५ गतेसम्मको गरिसक्न सम्बन्धित जिल्ला संघहरुलाई निर्देशन दिएको छ ।

सोमबार बसेको एन्फा कार्यसमितिको बैठकले अधिवक्ता सुमन केसीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन समिति बनाएको छ भने अधिवक्ता मोतीराम गौतमको संयोजकत्वमा चार सदस्यीय निर्वाचन अपील कमिटी बनाएको छ ।

यो पनि पढ्नुहोस्

एन्फाले थ्रीस्टारलाई एक करोड ५० लाख क्षतिपूर्ति दिने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More