भिलियर्स भिलियर्स

  • भिलियर्स
  • भिलियर्स
  • भिलियर्स
  • भिलियर्स
  • भिलियर्स
  • भिलियर्स

एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा(भिडियो सहित)

23 May, 2018 21:30 | खेल | comments | 49050 Views

भिलियर्स

दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डी भिलियर्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले आफू थकित भएको भन्दै सन्यास लिएको बताएका छन् ।

adsads
दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यानका रुपमा परिचित भिलियर्सको सन्यासले विभिन्न क्रिकेट प्रेमी दर्शक र क्रिकेट जगतलाई अचम्मित पारेको छ ।

१ सय १४ टेष्ट, २ सय २८ एक दिवसीय अन्तर्राष्ट्रिय र ७८ टि-२० खेल खेलेका ३४ वर्षीय भिलियर्सले कुल २० हजार १४ रन बनाएका छन् । उनको टेष्ट र एक दिवसीयमा ५० भन्दा बढी औसत रहेको छ । यो निर्णय निकै गार्हो भएपनि मैले सोचेर मेरो सन्यासको घोषणा गर्ने यही उचित समय रहेको बताउँदै आफ्नो १४ वर्षे क्रिकेट करियरलाई पूर्ण विराम लगाएको बताए ।

अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो नाममा विभिन्न कीर्तिमान बनाएका उनी दक्षिण अफ्रिकी क्रिकेटका एक हस्ती मानिन्छन् । उनी जारी आइपिएलको सिजनमा भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बओंग्लोरबाट खेल खेलेका थिए । यो सन्यासको घोषणासंगै सन् २०१९ को विश्वकपको लागि तयारीमा रहेको दक्षिण अफ्रिकी टोली पनि चकित भएको छ ।

भिडियो-

भिडियो इएसपीएन क्रिकइन्फोबाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भिलियर्स

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More