एभरेष्ट प्रिमियर लिग (इपिएल) विजेतालाई २१ लाख

13 December, 2017 21:51 | खेल | comments | 136650 Views

ललितपुर प्याट्रिएट्सले ३ जना विदेशी खेलाडी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्नका लागि आफ्नो टिममा भित्र्याएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै ललितपुरले विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो ।

adsads

विदेशी खेलाडीमा सुबोधकुमार भाटी, योगेश नगर र जय किशन अनिल कुमार कोल्स्वाला रहेका छन् । सुबोध कुमार भाटी र योगेश नगर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेका खेलाडी हुन् भने जय किशन अनिल कुमार कोल्स्वाला बरोडा क्लबका खेलाडी हुन् ।

भाटी र नगर अलराउण्डर हुन् । जय किशन अनिल कुमार कोल्स्वाला भने विकेट किपर ब्याट्सम्यान हुन् । ललितपुरले तीन विदेशी खेलाडी ल्याएसँगै आफ्नो टिमलाई पूर्णता दिएको छ ।
ललितपुरले एक जना खेलाडी ट्यालेन्ट हण्टबाट आफ्नो टिममा राखेको छ । बहुचर्चित इपिएल आगामी पुस ३ गतेदेखि टियु मैदानमा सुरु हुँदैछ । टिममा ललितपुर पेट्रिएटससँगै चितवन टाइगर्स, काठमाडौं किंस इलाभेन, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।

इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More