एमालेको अग्रता कायमै,पछ्याउँदै कांग्रेस

14 December, 2017 10:19 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 78600 Views

पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट बिहान ६ बजे प्राप्त जानकारीअनुसार नेकपा (एमाले)ले २५ लाख ५५ हजार ५४५ मत, नेपाली काँग्रेसले २४ लाख ५८ हजार ७१४, नेकपा (माओवादी केन्द्र) ले १० लाख चार हजार ८२८, संघीय समाजवादी फोरम नेपालले तीन लाख ४४ हजार २५९ मत प्राप्त गरेका छन् ।

adsads

राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ८४ हजार १३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६७ हजार ५२५ र विवेकशील साझा पार्टीले एक लाख ६७ हजार १३२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More