झपटबहादुर रावल झपटबहादुर रावल

  • झपटबहादुर रावल
  • झपटबहादुर रावल
  • झपटबहादुर रावल
  • झपटबहादुर रावल
  • झपटबहादुर रावल
  • झपटबहादुर रावल

एमालेबाट कांग्रेस बनेका राठौर पराजित कैलाली-२ मा एमालेका रावल विजयी

13 December, 2017 12:59 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 61950 Views

झपटबहादुर रावल

कैलाली निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का झपटबहादुर रावल २५ हजार १५७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

गएराति घोषणा गरिएको निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजाअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विजयी रावलले केही वर्षअघि राठौर मन्त्री हुँदा उहाँका सहयोगी (पिए) हुनुहुन्थ्यो । राठौर हालै मात्र एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएको थियो ।यो निर्वाचन क्षेत्रको यसअघि मंगलबार नै प्रदेशसभा (क) र (ख) को प्रदेशसभा सदस्यको नतिजा घोषणा भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क) मा एमालेका रतन थापा १३ हजार ६३२ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिमबहादुर रावलले ११ हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा माओवादी केन्द्रका नन्दबहादुर साउद १२ हजार ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अरुणकुमार चौधरीले ११ हजार २३२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यको यो निर्वाचन परिणामसहित कैलाली जिल्लाको सबै पाँच निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन क्षेत्र नं १ मा राजपा नेपाल र क्षेत्र नं २, ३, ४ र ५ मा वाम गठबन्धन विजयी भएको छ ।

कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
झपटबहादुर रावल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!