एमाले स्थायी समिति बैठक: सरकारले गरिरहेको नियुक्तिप्रति गम्भीर आपत्ति

17 January, 2018 19:34 | राजनीति | comments | 128100 Views

नेकपा एमालेको स्थायी समिति बैठकले सरकारले विभिन्न मन्त्रालयमार्फत जथाभावी नियुक्ति गरिरहेको भन्दै  आपत्ति प्रकट गरेको छ।बुधबार बसेको स्थायी समिति बैठकले जनमत गुमाइसकेको र बिदा हुन लागेको सरकारले मनपरी नियुक्ति गरेको भन्दै आपत्ति जनाएको हो।

adsads

‘जान लागिसकेको सरकारले भोलिको सरकारलाई नीतिगत भार पर्ने नियुक्तिहरु गर्दै छ’, बैठकमा सहभागी सदस्य अमृतकुमार बोहराले भने, ‘यसप्रति गम्भीर आपत्ति जनाइएको छ।’ त्यस्तै, बैठकले राष्ट्रियसभाको मनोनयनको निम्ति अध्यक्षको दस्तखत दिने निर्णय समेत गरेको उनले बताए।

बैठकले तत्काल प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न समेत सरकारलाई आग्रह गरेको छ। राष्ट्रियसभाको निर्वाचन नै प्रभावित हुन लागेकाले तत्काल प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई आग्रह गरेको जनाइएको छ । बैठकले राष्ट्रियसभाको उम्मेदवार हुनका लागि तल्लो कमिटीबाट सिफारिस भएर आउनुपर्ने मापदण्ड पनि तोकेको छ।

कामचलाउ सरकारकाले गरेका निर्णय बदर हुन्छः नेकपा एमाले

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सुपर मादी जलविद्युत् आयोजना

फेसबुक

सुपर मादी जलविद्युत् आयोजना

ट्वीटर

सामाजिक सञ्जाल

More