‘ऐश्वर्य’ मा पुराना र नयाँ पुस्ताको फ्युजन गरिएको छ : रमेश उप्रेती (भिडियो)

23 October, 2017 14:43 | अन्तरवार्ता | comments | 33600 Views

 

नेपाली चलचित्रमा एक समय एकछत्र राज गरेका नायक रमेश उप्रेती केही बर्ष अघि अमेरिका पुगेपछि उनको चर्चा पनि सेलायो ।

तर, करिब ९ बर्ष अमेरिका बसेर फर्किएका रमेशले निर्मल शर्माले निर्देशन गरेको चलचित्र ‘ब्रासलेट’मार्फत कमब्याक गर्ने प्रयत्न गरे । तर उनको त्यो प्रयासले सार्थकता पाउन सकेन् । यतिखेर उनी नायक मात्रै नभएर निर्माताको रुपमा चलचित्र ‘ऐश्वर्य’ मार्फत चर्चामा छन् ।

कात्तिक ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य‘को प्रचारमा व्यस्त रहेका उप्रेतिले नेपाल जापान डट कमसँगको कुराकानीमा आफूले अन्य कुनै बिषयमा डिग्री नगरेको र आफ्नो क्षमता नै चलचित्र क्षेत्रमा भएकाले पून: यस क्षेत्रमा पाइला चालेको बताए ।

चलचित्रको गीत तथा ट्रेलरले चर्चा कमाएसँगै उनले यस चलचित्रबाट सफल हुने आशा पनि गरेका छन् । साथै कतिपयको बुझाईमा उनको त्यो अपेक्षा ‘ऐश्वर्य’ले पूरा गर्नेछ । हामीसँगको कुराकानीमा उनले प्रश्नैपिच्छे कार्तिक ९ गते भन्न छुटाएनन् । दर्शकहरुले चलचित्र अवधीभर पूर्ण मनोरञ्जन प्राप्त गर्नेछन् भन्ने कुरामा भने उनले दाबी नै गरे ।चलचित्रमा पुराना पुस्ता र नयाँ पुस्ताको फ्युजन गरिएको उनले बताए ।

साथै नेपाली चलचित्रले निमार्णमा फड्को मारेको अनुभव ऐश्वर्यले गराउने उनको भनाई छ । चलचित्र प्रचारको क्रममा सकारात्मक प्रतिक्रिया पाएकोले निकै उत्साहित भएको उनको भनाई छ ।

प्रस्तुत छ उनै नायक रमेश उप्रेतीसँग चलचित्र ‘ऐश्वर्य’को सेरोफेरोमा रहेर गरिएको कुराकानी यो भिडियोमा-

चलचित्र ऐश्वर्यमा दीपिका बिकिनीमा देखिएपछि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More