ओझेलमा ऐतिहासिक सीताकुण्ड

5 January, 2017 18:37 | कर्पोरेट/पर्यटन | comments | 3 Views

capture

त्रेतायुगमा भगवान राम र सीता वनबास जाँदाको पौराणिक कथनसँग जोडिएको नेपालकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्र सीताकुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पाल्पाको रामपुर नगरपालिका ५ र ६ को सिमानामा पर्ने ऐतिहासिक सीताकुण्डलाई नेपालकै महत्वपूर्ण कुण्डका रुपमा लिइएको छ। भगवान राम वनबास जाने क्रममा रामपुर–८ स्थित कालीगण्डकी नदीको रामघाटमा बास बसेर दिनहुँ स्नान गरेको र सोही क्रममा उनकी धर्मपत्नी सीता रजस्वला भएपछि लुकाउनका लागि रामले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरेको किम्बदन्ती छ। सोही कुण्डमा सीताले रजस्वला भएका बखत नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको हो।

नेपालका विभिन्न कुण्डमध्ये यस कुण्डलाई पनि एक महत्वपूर्ण कुण्डका रुपमा लिइएको छ। यसको ऐतिहासिक तथा धार्मिक महत्वको प्रचारप्रसार नहँुदा ओझेलमा परेको हो। यहाँका स्थानीयले ऐतिहासिक महत्व जोगाई राख्नका निम्ति तत्कालीन समयमा रामसीताको मन्दिर निर्माण गरेर नित्य पूजाआजा गर्दै आइरहेका छन्।

पौराणिक कथनअनुसार सीताले नुहाएको यस कुण्डमा चामल फल्ने गरेको र सो चामल मन्दिरमा आउने उपासेले भोक लागेको समयमा थुतेर खाएपछि त्यस कुण्डमा धान फल्न थालेको जनविश्वास रहिआएको छ । यस कुण्डमा रहेको पानी कहिल्यै नसुक्ने र यहाँ बर्से्नि धान फल्ने र यही झर्ने गर्दछ ।

सीता रजस्वलाबाट बाहिर निस्किएपछि कुण्डभन्दा झन्डै २०० मिटर तल सीताको पाइला रहेको, खोलामा झर्ने क्रममा खुट्टा चिप्लिएर लडेपछि आरी आकार निर्माण भएको र सोही बाटो भएर झर्ने क्रममा भित्तामा हातले टेकेको छाप र भुइँमा चुल्ठो लत्रिएको आकार पनि देखिएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्र नेपाली बताउँछन्।

मन्दिर र पोखरी कम्पाउण्ड निर्माणका लागि पर्यटन तथा संस्कृति मन्त्रालयबाट एक लाख रुपैयाँ र टुनिभन्ज्याङमा प्रवेशद्धार निर्माणका लागि तीन लाख, रामपुर नगरपालिकाबाट मन्दिर मर्मत सम्भारका लागि ५० हजार र यहाँका स्थानीय आमा समूहले मन्दिरमा टिनको छानो सहयोग गरेपछि विगत तीन वर्षयता कुण्ड परिसरमा विकासको गति विस्तारै अगाडि बढेको सचिव नेपालीले बताए।

यहाँ श्रीकृष्ण जन्माष्टमीका दिन, रामनवमीका दिन र सीता विवाह पञ्चमीका दिन विशेष मेला लाग्ने गर्दछ। यस कुण्डको अवलोकनमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, गुल्मी, रुपन्देहीलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्।

बसाइँसराइ, गाउँमा दक्ष जनशक्तिको अभाव, कुण्ड सहरदेखि दुर्गम स्थानमा रहनु, कुण्डसम्म पुग्ने बाटो साँघुरो र कच्ची हुनु, प्रचारप्रसारको कमीका कारणले गर्दा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको यस सीताकुण्ड मन्दिर ओझेलमा परेको हो ।

प्रकृतिले नै सुन्दर मनोरम दृश्यले भरिपूर्ण ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोेकेको सीताकुण्ड भविष्यमा पर्यटकको आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ । रासस

प्रचारप्रसारको अभावले ओझेलमा रुकुमको तातोपानी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More