ओरालो बाटोमा जापानका नेपाली ब्यवसायीहरु

14 March, 2018 17:19 | जापान , बिचार | comments | 90900 Views

-नरेन्द्र बस्नेत दिनेश
नेपालीहरु अहिले संसारको अधिकतम देशमा रोजगारी तथा अध्ययनको सिलसिलामा पुगेका छन जुन क्रम तिब्र रुपमा बढ्दो छ।

जापानमा नेपालीहरु कहिले र कसरि आउन थाले भनेर तथ्य केलाउने हो भने प्रधानमन्त्री देवशमशेर राणाको पालामा १९०२ सालमा आठ नेपाली युवाहरु तत्कालिन नेपाल सरकारको छात्रबृतिमा बिभिन्न विधामा अध्ययनको शिलशिलामा नेपालबाट अप्रिलमा हिडेर १७ जून १९०२ मा पनि जहाज मार्फत टोकियोको योकोहामामा उत्रेको र तिनी नेपालीहरुनै जापान टेक्ने पहिलो नेपाली भनिएको छ।

adsads

संसारको अति बिकशित देश मध्येको जापानमा नेपालीहरुको संख्या २०१० देखि अत्यन्तै तिब्र गतिमा बढेको मान्न सकिन्छ। आधिकारिक नभए पनि हाल जापानमा नेपालीहरुको संख्या झन्डै ७० हजार काटिसकेको आंकलन गरिएको छ। जस मध्ये अधिकतम रेष्टुरेन्ट ब्यबसायमा र त्यसपछि बिद्यार्थीको संख्या रहेको आकलन गरिन्छ। बिद्यार्थी भिषामा आएकाहरु मध्ये कतिपय आफ्नो अध्ययन अनुरुप रोजगारीमा लागेका छन् भने कतिपय ब्यापार तिर लागेका छन् । जसमध्ये अधिकांश रेष्टुरेन्ट ब्यबसायमा आबद्ध भएको बुझिन्छ।

रियल स्टेट, कपडा पसल, तरकारी पसल सुपर मार्केट,

रेमिटान्स लगायतका ब्यबसायमा पनि नेपालीहरुको उपस्थिति देखिन थालिएको छ

तर यती भन्दैमा सन्तोष गरीहाल्ने ठाँउ भने छैन। किनकी अहिले प्राय जसो व्यवसाय अत्यन्तै दयनीय अबस्थामा चलिरहेका छन ।

नेपालीहरु गएका अधिकांश देशहरुको तुलनामा अन्य देशमा भन्दा जापानमा आफ्नै व्यवसाय गर्नेहरुको संख्या उल्लेख्य छ जुन हामी नेपालीको लागि गौरवको विषय हो। केहि बिकशित देशहरुको तुलनामा जापान सरकारको ब्यबसायिक नीति केहि हदसम्म लचिलो भएकोले गर्दा पनि धेरैलाइ थोरै लगानी र निम्न तयारीमा पनि ब्यापार गर्न सजिलो भएकोले ब्यबसाय तिर मान्छेहरु बढी लगाब राखिएको देखिन्छ। जापान थोरै पुँजीमा व्यबसायी वन्नको लागि पनि उर्बर देश हो । सुरुवातीको दुइ बर्ष करमा छुट, व्यवसायको योजना धितो राखी सरल कर्जा थोरै ब्याज दरमा उपलव्ध गराउनु यसका केहि उदाहरण हुन। पछिल्लो समय जापानका लगभग प्रत्येक रेल स्टेशनमा अझ भनौ गल्ली गल्लीमा प्राय नेपाली, इन्डियन रेष्टुरेन्ट लेखेको बोर्ड र दुवै देशका झण्डा देख्न पाइन्छ। नेपालीहरुको चाप बढेसंगै अन्य नयाँ व्यवसायहरु जस्तै रियल स्टेट, कपडा पसल, तरकारी पसल सुपर मार्केट, रेमिटान्स लगायतका ब्यबसायमा पनि नेपालीहरुको उपस्थिति देखिन थालिएको छ तर यती भन्दैमा सन्तोष गरीहाल्ने ठाँउ भने छैन। किनकी अहिले प्राय जसो व्यवसाय अत्यन्तै दयनीय अबस्थामा चलिरहेका छन । यसका प्रमुख कारणहरु हामी आफै हौ । यस्तो संभावना भएको देशमा रहेर पनि हाम्रै कमजोरीको कारण यो अवस्था आएको भन्दा अत्युक्ति नहोला ।

जापान बस्ने उपाय नहुनेहरूको लागि पनि बिजिनेस भिषा बनाएर जापानको बसाइ लम्ब्याउने सजिलो माध्यम बन्न गयो रेष्टुरेन्ट ब्यबसाय । 

देशको घृणित राजनीतिबाट वाक्क भएकाहरुको लागि यो राम्रो गन्तब्य हुन पुग्यो,

अधिकांस कुक बोलाएर छिट्टै धनि हुने सुरमा अथवा बिबिध बाध्यताले ब्यापारी बनि टोपलेकाहरुको संख्या बढ्न गयो र त्यो क्रम अझै पनि चलिरहेको छ।

भटाभट बन्द हुदै नेपाली इन्डियन रेष्टुरेन्ट
नेपालीहरु गएका मध्ये बिकशित देश हरुको तुलनामा जापान मात्र यस्तो देश होला जहाँ शैक्षिक योग्यता भन्दा सम्बन्धित क्षेत्रको प्राबिधिक ज्ञानलाइ बिशेष प्राथमिकता दिइन्छ जसको फलस्वरूप सामान्य लेखपढ मात्र गर्न सक्ने मान्छे यदि उसंग कुनै रेष्टुरेन्ट अथवा होटलमा दशबर्षको पाकन कलामा अनुभब छ भने उसले सजिलैसंग जापानको लागि कुक भिसा अर्थात् वोर्किंग भिसा प्राप्त गरेर जापान आउन सक्छ यद्दपि यसका लागि अन्य केहि आबश्यक कागजहरु मिलाएर प्रक्रिया पुर्याउन जरुरि भने छ। आफ्नो स्वार्थको लागि जस्तो पनि कागज बनाउन सकिने देश नेपालको कमजोर प्रसाशन र बढ्दो बेरोजगारीले बिदेसिन बाद्य भएका नेपालीहरुको लागि रोजगारीको गतिलो गन्तब्य बन्यो कागज बोल्ने देश जापान अनि यहि जापानको लचिलो र उदारिलो नीतिलार्इ भजाउन सजिलो भयो केहि ब्यबसायीहरुलाई । र उनीहरुले सुरु गरे नक्कली कुकहरुको भर्तिकेन्द्र आफ्नो रेष्टुरेन्टहरुलाइ र यो व्यवसायलाई (यद्दपि यो सबैमा लागु नहुन पनि सक्छ तर अधिकांस भने यस्तै छ)जसले गर्दा जापान सरकारले विश्वास गरेर भित्र्याएको अधिकांस कागजमा मात्र सिमित भएका कागजी दक्ष कामदार ब्यबहारिक रुपमा जिरो लेभलका भए।

सामान्यतय कुनै पनि देशबाट जापानमा कामदार मगाउदा तलब सुबिधा लगायत सम्बन्धित देशमा लाग्ने भिषा शुल्क र टिकट खर्च पनि यताबाट नै कम्पनीले व्यहोर्ने कुरा स्वभाबत हुन्छ तर नेपालीहरुको लागि भने नेपालबाट आउनेसंग नै उल्टै व्यक्ति पिच्छे १०,१२ लाख लिएर मात्र बोलाउने कुरा सामान्य भयो र यो केहि मानब तस्करहरुको लागि आम्दानिको दरिलो श्रोत बन्यो। पढाई लेखाइ जिरो भए पनि १० बर्षको अनुभबको कागज बनाएर केहि आवश्यक प्रक्रिया मिलाएको खण्डमा भिसा तुरुन्तै दिने अनि आफु आएपछि श्रीमती, सन्तानहरुलाई पनि ल्याउन पाइने राम्रा पक्षहरुले गर्दा बेरोजगारी र देशको घृणित राजनीतिबाट वाक्क भएकाहरुको लागि यो राम्रो गन्तब्य हुन पुग्यो, यसरि आउने क्रमले बिकराल रुप लिदै गर्दा अधिकांस कुक बोलाएर छिट्टै धनि हुने सुरमा अथवा बिबिध बाध्यताले ब्यापारी बनि टोपलेकाहरुको संख्या बढ्न गयो र त्यो क्रम अझै पनि चलि रहेको छ।

यसका सकारात्मक र नकरात्मक दुवै पाटोहरु छन् जस्तो मलाइ लाग्दछ। सकारत्मक पाटोको रुपमा लिनु पर्दा देशको ओरालो लाग्दो स्थितिबाट वाक्क दिक्क भैसकेका बेरोजगारहरुको लागि सजिलो रोजगारीको माध्यम बन्यो र मानब तस्कारी नै भने पनि यसले रोजगारी सिर्जनामा सहयोग गर्यो, बिबिध परिस्थितिले जापान बस्ने उपाय नहुनेहरूको लागि पनि बिजिनेस भिषा बनाएर जापानको बसाइ लम्ब्याउने सजिलो माध्यम बन्न गयो रेष्टुरेन्ट ब्यबसाय । यस्तै केहि नकारात्मक पक्षको रुपमा जापानको लचिलो नीतिको सदुपयोग गर्दै रेष्टुरेन्ट व्यवसायमा होमिएका अथवा कूकको रुपमा सजिलै भित्रिएकाहरुको संख्या दिन प्रतिदिन बढ्ने क्रममा सबन्धित विषयका अदक्ष कामदारहरुको संख्या उल्लेखनिय हुन थाल्यो।

भने अनुरुप तलव रकम नपाउने, तोकिएको समयमा तलब नपाउने, आउने बेलाका सम्झौताहरु र यहाँ आइएसके पछिका वास्तविकतामा जमिन आसमानको फरक हुने खालका घटनाहरु बृद्दि हुदै गए जसको कारण राम्रो र उत्कृष्ट सेवा दिदै ब्यबसाय गर्ने ब्यापारीहरुलाइ र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशलाई पनि असर पर्दै गयो।

गुरु अनुसारको चेला भनेजस्तै पुराना र केहि जानिएका भनेका अधिकांशको उद्देश्य नै राम्रो र उत्कृष्ट सर्भिस दिने गरि रेष्टुरेन्ट खोल्ने भन्दा पनि कसरि हुन्छ भटाभट रेष्टुरेन्ट खोल्ने र नेपालबाट मोटो रकममा जस्तो भएपनि कूक मगाउने तिर बढी केन्द्रित हुदै गयो सानो तिनो खर्चमा खोलेको रेष्टुरेन्ट भयो भने १,२ जना कूक ल्याउदा लिएको पैसाले रेष्टुरेन्टको लगानी पनि मजाले उठ्ने अनि व्यापार भैहालेको अबस्थामा आम्दानीको श्रोत पनि बढ्ने, त्यतिले मात्र नपुगेर सुरुवातिका केहि समयहरुमा त कतिपयले कूक भिषा भएकाहरुको परिवार बच्चा बच्ची बोलाउन पाउने नैसर्गिक अधिकारलाइ पनि हनन गर्दै मोटो शुल्क लिएर मात्र परिवार बोलाइदिने काम गरेर चरम शोषण गरि आफु समृद्ध हुने काम गरे भने कतिपयले जापानीहरु अथवा इन्डियन, पाकिस्तानी, बंगाली लगायतकाहरुले संचालन गरेका रेष्टुरेन्टहरुमा समेत नेपालबाट कूक भिषामा मान्छे मगाएर अर्थिकोपार्जन गरे (यद्दपि यो सबैमा लागु नहुन पनि सक्छ)यसरि मगाउनेहरुले पाएको शिक्षा नै केहि हदसम्म गलत भएको कारणले गर्दा धेरैको उद्देस्य त्यस्तै क्रियाकलापहरुको देखासिखी गर्ने अथवा भनौ आएको केहि बर्ष बित्न नपाउदै जापानको भाषा संस्कृति र सम्बन्धित बिषयको यथेस्ट ज्ञान नलिईकन नै तुरुन्तै साहुजी भएर मान्छे ल्याउने मानसिकताको बृद्दि अत्यधिक हुदै गयो, परिणाम आएकाहरुले भने अनुरुप तलव रकम नपाउने, तोकिएको समयमा तलब नपाउने, आउने बेलाका सम्झौताहरु र यहाँ आइएसके पछिका वास्तविकतामा जमिन आसमानको फरक हुने खालका घटनाहरु बृद्दि हुदै गए जसको कारण राम्रो र उत्कृष्ट सेवा दिदै ब्यबसाय गर्ने ब्यापारीहरुलाइ र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशलाई पनि केहि असर पर्दै गयो।

यसरि देशको परिस्थिति र बिबिध कारणले रेस्टुरेन्ट ब्यबसायमा होमिएका र होमिए पनि ब्यवस्थित र दुरगामी सोचले व्यवसायलाई अगाडी बढाउन नसकेका कच्चा व्यापारीहरुको संख्या थपिदै गयो । यसो भन्दै गर्दा अपवाद वाहेक धेरै जसो व्यापारीहरु लहड र देखासिकीको भरमा भएको बर्तमान परिस्थिति छ भन्दा पनि फरक पर्दैन । जापान थोरै वा सिमित पुंजीमा व्यबसायी बन्न चाहनेहरुको लागी उर्बर देश हो । सुरुवातिका दुइ बर्ष कर छुट, व्यवसायको खुलस्त योजना सहित धितो राखी सरल कर्जा थोरै ब्याज दरमा उपलव्ध गराउनु यसका राम्रा उदाहरण हुन । अझै यहाँका मानिसहरुको सहयोगी भावना पनि अर्को बलियो पाटो हो। उत्कृष्ट कर संकलन गरेर राज्यलाई ठुलो भर थेग हुदै अगाडी बढेको यो अतिबिकषित देशले ठुला ब्यापारीलाई जस्तै साना तथा नयाँलाइ पनि त्यतिकै सम्मानका हिसाबले हेर्ने उत्कृष्ट परम्परा पनि अर्को राम्रो पक्ष बन्न गयो। उठान गर्नु पर्ने बिषयहरु धेरै भए पनि केहि प्रमुख बिषय उठान गर्दै गर्दा हामीहरुमा आवश्यक दक्षताको कमी, आवश्यक भन्दा बढी देखासिकी, आफु आफुहरु बीच इर्ष्या, गर्न लागेको बिषयमा आवश्यक ज्ञान बटुलेर भन्दा अधिकांश लहै लहैमा लाग्ने अथवा बाद्यताले गरेको भए पनि सम्बन्धित बिषयको नितान्त आवश्यक ज्ञान आर्जन नगरी हतार गर्ने खालको प्रवृतिले गर्दा धेरैको लगानी जोखिममा पर्दै गएको अवस्था छ।

कसैको रेष्टुरेन्ट राम्रो चलेको देखेमा सके आफै नत्र कोही आफन्त साथी भाइ लाइ उक्सायर नजीकमा खोल्न लगाउने सके आफु सप्रने नभए पहिले भएको लाइ पनि विगार्नेमा कुनियत मा मात्रै बढी दिमाख घुमाउने संस्कृति को बिकाश बढी भयो। त्यस्तै कसैले नयाँ किसिमको व्यवसाय गरेर सफल हुन लागेको देखेमा सके आफुले पनि गर्ने नभए त्यसलाई कसरि विगार्ने भन्ने प्रवृति पनि केहि हद सम्म बढ्दै गयो। २०१७ को सुरुवाती बाट कूक भिसामा केहि कडाइ गर्दै आएको र आबेदन दिएका मध्ये अत्यन्त न्युनले भिषा प्राप्त गरेको अवस्था भए पछि, एकातिर ब्यबसायलाइ मानब ओसार पसारको प्रमुख लक्ष्य राखेकाहरु धेरै मारमा परेका छन भने अर्को तिर फैलिएको नराम्रो संदेशले उत्कृष्ट अथवा सम्बन्धित ठाउमा लामो समय अनुभब भएकाहरु पनि भिषा नपाउने मारमा परेका छन्।

हामीहरु सबैमा आफ्नो आफ्नो किसिमको अलग बाटो बनाउने क्षमता हुदा हुदै पनी त्यसको पहिचान गर्न अथवा गहिराइमा पुग्न अल्छी गर्छौ । अरुले बनाएको बाटोमा हिड्न सुरक्षित महसूस गर्छौ अथवा देखासिखी तिर लाग्छौ। जसको परिणाम आफुसंग यथेस्ट क्षमता हुदा हुदै पनि त्यसको पहिचान गर्न नसक्दा सफल हुन सक्दैनौ ।
कुनै पनि व्यवसायमा आवश्यक गृह कार्यले र रचनात्मकताले अहम भुमिका खेल्छ। आफुले गर्न खोजेका कुराहरुको बिस्तृत योजना वनाउने, सकारात्मक र नकारात्मक पाटोहरुको पहिचान गर्ने, आफ्नो क्षमता विकास गर्ने र त्यसपछी अगाडी वढ्ने गरेमा केहि हदसम्म जोखिम कम हुन सक्छ ।त्यसैले अव हामीहरु सचेत बन्नु आवस्यक भईसकेको छ।आवश्यक ब्यवसायीक दक्षताको विकास अपरिहार्य छ। एक अर्का प्रति बैर्यभाब, इर्ष्या, रिस त्यागेर गर्न खोजेको कामको यथेस्ट ज्ञान लिने अनुभवीहरुको सल्लाह लिएर सवै मिलेर नयाँ नयाँ व्यबसायीक आयामहरुको पहिचान गर्ने र संस्थाहरुले पनि सस्तो लोकप्रियताको काममा मात्रै समय खर्चिनुको साटो यस्ता खालका संबेदनशिल बिषयहरुमा सचेतना मुलक प्रशिक्षणहरु राख्ने लगायतका रचनात्मक कार्यहरु गरेर अगाडी वढ्ने हो भने पक्कै पनि आबस्यक ज्ञानको अभाबमा रेष्टुरेन्ट व्यवसायमा होमिएका धेरैलाई ब्यबसायिक राहत मिल्न सक्छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More