ओलम्पिक तयारीबारे प्रश्न र आलोचनाको लागि जापान तयार हुनुपर्ने आइओसीको भनाइ

24 April, 2018 15:56 | जापान | comments | 26550 Views


२०२० टोकियो ओलम्पिकका लागि आइओसीका संयोजन समितिका अध्यक्ष जोन कोट्सले तयारीबारे प्रश्नको उत्तर दिन नसकेमा आयोजकको आत्मविश्वास घट्न सक्ने सोमबार बताएका छन् ।

टोकियोमा आयोजित अन्तराष्ट्रिय ओलम्पिक समितिको परियोजना अवलोकन बैठकमा बोल्दै कोट्सले उक्त कुरा बताएका हुन् । दुइ दिने बैठकको पुर्वसन्ध्यामा सरोकारवालाको प्रश्नलाई ध्यानमा राख्ने अवस्था आएको उनले बताए । नोभम्बरमा २०० बढी एनओसीहरु टोकियो भ्रमणमा आउने र यो समय आयोजकका लागि निकै चुनौतिपुर्ण हुनसक्ने कोट्सको धारणा रहेको छ । उनीहरुले आफुले चाहेको प्रश्नको उत्तरको खोजी गर्ने र यसका लागि आयोजक तयारी अवस्थामा रहनुपर्ने र यसमा असफल रहेमा आयोजकको आत्मविश्वासमा कमी आउन सक्ने र यस्तो परिस्थितिबाट उम्कन निकै कठिन हुने कोट्सले बताए । कुल लागतमा १४ करोड डलर कटौतिपछि ओलम्पिकका लागि विनियोजित बजेटलाई परिमार्जन गर्ने डिसेम्बरको निर्णयको सम्बन्धमा परियोजना अवलोकन बैठक हुन लागेको हो ।

बोलीमा अनुमानित सुरुवाती खर्चभन्दा चार गुणा बढी खर्च लाग्न सक्ने चेतावनीपछि आयोजकले खर्च कटौतिमा कार्य गर्दै आएका छन् । खर्च कटौति गर्दै जापानले भविष्यका आयोजकका लागि एक उदाहरण पेश गर्नेप्रति आइओसीको चासो रहेको छ ।

२०२० टोकियो ओलम्पिकमा अनुहार चिन्ने प्रविधिको सुरुवात हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!