ओली-दाहाल भेटवार्ता सकियोः भोलि एकता संयोजन समितिको बैठक

13 February, 2018 22:15 | राजनीति | comments | 12450 Views

वाम गठबन्धनका शीर्ष दुई नेता केपी ओली र पुष्पकमल दाहालबीच भएको वार्ता सकिएको छ । ललितपुरको मानभवनमा भएको भेटवार्तामा दुवै नेताले करिब ४० मिनेट संवाद गरेका छन् ।

वार्ता सकारात्मक भएको स्रोतले जनाएको छ । दुवै दलका नेताले बुधबार पार्टी एकता संयोजन समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरेका छन् । माओवादी अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार कार्यदल सदस्यको समय अनुसार भोलिको बैठक तय गरिनेछ ।

एकता संयोजन समितिको बैठकले सांगठनिक तथा सैद्धान्तिक विषय मिलाउन दुई वटा कार्यदल गठन गर्नेछ ।

यसअघि दुई नेताबीच भएको वार्तामा एकीकृत पार्टीको नेतृत्वको विषयमा सहमति जुटेको थियो । एकीकृत पार्टीको अध्यक्षमा दुवै नेता रहने र सरकारमा आलोपालो गर्ने समझदारी भएको थियो । सरकारको नेतृत्व भने सुरुमा एमाले अध्यक्ष ओलीले गर्ने दुवै दलको समझदारी छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More