ओली-प्रचण्डले गरे ‘ब्रेक थ्रु’, बिहिबार एकताको घोषणा हुनसक्ने

16 May, 2018 20:38 | राजनीति | comments | 44850 Views

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतामा लागेको अवरोध तोडिएको छ । लामो समयको अन्योलपछि बुधबार बसेको प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको बैठकमा ब्रेक थ्रू भएको छ ।

adsads

दुई अध्यक्षको छलफलले सम्भवतः भोलि बिहिबार नै पार्टी एकीकरणको घोषणा हुने सम्भावना रहेको छ । एकीकरणअघि दुवै पार्टीका केन्द्रीय कमिटी बैठक बसेर मान्युट गरेपछि मात्र निर्वाचन आयोगमा जानकारी दिनुपर्छ ।

माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्दैछ भने एमालेले केन्द्रीय कमिटीको बैठक बिहीबार ११ बजे बोलाएको छ । एमाले केन्द्रीय कमिटी बैठकअघि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ ।

बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ । सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । एमालेको स्थायी कमिटी बैठक बुधबार साँझ बस्दैछ । माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठक पनि बस्दैछ ।

स्रोतका अनुसार केन्द्रीय कमिटीमा प्रतिशतको आधारमा हुने छैन । माओवादीले समानतामा आधारित एकता हुनुपर्ने भनेको छ । एमालेका २५ देखि ३० जना बढी केन्द्रीय सदस्य रहनेछन् । पोलिटव्यूरो र स्थायी कमिटी पनि सोही अनुसार बन्नेछ । पार्टीमा दुई अध्यक्ष बाहेक अरु पदाधिकारी हुने छैनन् ।

ओली-प्रचण्डबीच भएको सहमति विरुद्ध परेको रिट खारेज

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More