ओली-प्रचण्ड वार्ता : न कुनै सहमति, न कुनै निष्कर्ष

16 April, 2018 19:05 | राजनीति | comments | 72900 Views

पार्टी एकताका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्तामा विवादित विषयहरुमा कुनै ठोस प्रगति भएन । मंगलबार पार्टी एकता संयोजन समितिको बैठक पनि बोलाइएको छ ।

adsads

दुई नेताबीचको बैठकमा सबै विषयमा एकसरो छलफल भने भएको छ । आराम गर्न भनिएको भेटवार्ता रद्द गर्दै आरामका लागि सुकुटे पुगेका अध्यक्ष प्रचण्ड सोमबार काठमाडौं फर्किएर प्रधानमन्त्री ओलीसंग झण्डै डेढ घन्टा ‘वान टु वान’ वार्ता गर्नुभएको हो ।

एक नेताका अनुसार दुई अध्यक्षबीचका बैठकमा हल हुन बाँकी विषयहरुमा कुनै ठोस प्रगति पनि भएन र मतभेद नै पनि भएन ।

लामो समयपछि भएका दुई नेताको वार्तालाई पार्टी एकताबारे अन्यौल देखिएको बेला बालुवाटारमा भएको अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जानु अघि नै २७ गते बैठक बस्ने तय भएको थियो । तर, माधवकुमार नेपाल चीन गएको भन्दै बैठक बसेन भने त्यसको भोलिपल्ट माओवादी अध्यक्ष प्रचण्ड विरामी भएको भन्दै बैठक स्थगित गरिएको थियो ।

पार्टी एकताका लागि एमालेले ७०/३० को अनुपात भनेपको छ भने यसले माओवादी झस्किएको छ । उसले समान ५०/५० हुनु पर्ने मत अघि सारेको छ । यही विषयले २९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कतिकति हुने भन्ने प्रश्न जटिल बनेको छ ।

यस्तै नेतृत्व सञ्चालन कार्यविधि पनि तय भएको छैन । केपी ओली र प्रचण्ड दुबै अध्यक्ष हुने भनिएको छ तर, दुबै अध्यक्ष कार्यकारी हुने कि एउटा सेरेमोनियल अर्को कार्यकारी हुुनु टुंगो छैन । एकीकृत पार्टीको चुनाव चिन्ह, सैद्धान्तिक विषयमा पनि सहमति हुन सकेको छैन ।

बैसाख ९ गते पार्टी एकता गर्ने संस्थागत निर्णय नभएको छैन: रावल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More