ओली र दाहाल सहअध्यक्ष बन्न तयार

14 February, 2018 10:24 | राजनीति | comments | 10650 Views

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकीकरणपछि सहअध्यक्ष बन्न सहमत भएका छन् । दुई अध्यक्षबीच मात्र सोमबार भएको वार्तामा पार्टी एकीकरणपछि दुवैजना सह–अध्यक्ष बन्न सहमत भएका हुन् ।

यो सहमतिसँग अब दुई कम्प्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ । दुई दिनभित्रै पार्टी एकताको प्रारूप घोषणा गर्ने, त्यसपछि सरकार निर्माण गर्ने अनिमात्रै पार्टी एकीकरण गर्ने सहमति दुई नेताबीच भएको छ । नयाँ सरकारमा दुई नेताले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

‘सुरुमा पार्टी एकताको प्रारूप सार्वजनिक गर्नेछौं अनि सरकार निर्माण गर्नेछौं र त्यसपछि मात्रै पार्टी एकीकरण घोषणा गर्नेछौं,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकीकरणमा आशंका गर्ने ठाउँ हिजो पनि थिएन र भोलि पनि हुने छैन ।’ उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा जनताको म्यान्डेट नै दुई पार्टीबीच एकीकरण र राजनीतिक स्थिरताका लागि भएकाले त्यसबाट दुवै पार्टी दायाँबायाँ लाग्ने छैनन् ।

दाहाल निकट स्रोतका अब दुवै अध्यक्ष एकता प्रारूप निर्माणमा जुटेका छन् । त्यस क्रममा दुवै नेताबीच आलोपालो गरी बैठकको अध्यक्षता गर्ने सहमति भएको छ।

पार्टी एकीकरणलाई कसैले रोक्न सक्दैन : प्रवक्ता भुसाल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More