ओली सरकारका कारण जनस्वतन्त्रता धरापमा : राणा

18 July, 2018 19:08 | जापान | comments | 13050 Views

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले ओली सरकारले मनपरी गर्दा जनताको स्वतन्त्रता नै धरापमा परेको आरोप लगाउनु भएको छ ।

मंगलबार टोकियोमा तरुण दल जापान शाखाको आयोजनामा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै राणाले सो आरोप लगाउनुभएको हो ।

adsads

सम्बोधनका क्रममा उहाँले एक दशक लगाएर ल्याएको संविधान विपरीत काम गर्दा जनतालाई समस्या पर्न थालेको आरोप समेत लगाउनु भयो ।

त्यस क्रममा उहाँले आन्तरिक आरोप प्रत्यारोप र अन्र्तघातका कारण पार्टीले कार्यकर्ताहरु गुमाउँदै गएको भन्दै आम पार्टी कार्यकर्ताहरुले राष्ट्र र जनताका लागि इमान्दार भएर काम गर्ने बेला आएको बताउनु भयो ।

तरुण दल जापानका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सल्लाहकार बलराम श्रेष्ठ लगायतले आफनो धारणा राख्नु भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More