ओस्कार विजेता वरिष्ठ कलाकार मार्टिनको मृत्यु

17 July, 2017 19:28 | कला/मनोरन्जन | comments | 10500 Views

ओस्कार पुरस्कार विजेता एक अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको ८९ बर्षको उमेरमा आइतबार निधन भएको छ । 

उहाँ आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । अमेरिकाको लस् एन्जेलस अस्पतालमा उपचारार्थ राखिएका कलाकार लान्दाउको आइतबार निधन भएको थियो ।

बहुमुखी प्रतिभाशाली व्यक्तित्व मार्टिनले सन् १९६० मा टेलिभिजनमा कलाकारको जागिरका रुपमा प्रवेश गर्नुभएको थियो । उहाँले ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रमबाट आफनो चलचित्र अभिनय सुरु गर्नु भएको थियो ।

उहाँलाई ‘इद उड’ चलचित्रको अभिनयका लागि ओस्कार पुरस्कार दिइएको थियो । ‘प्रतिष्ठित कलाकार मार्टिनको निधनले हामी अन्त्यन्त दुःखी भएका छौँ’ प्रशारक समितिद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

प्रकाशित विज्ञप्तिमा उहाँले हालै मात्र आफ्नो ८९ औँ जन्मदिन मनाउनु भएको पनि जनाकारी दिइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More