Thursday 23, February 2017
नेपाली समय: 11:06:25
जापानी समय: 02:21:25

कतारमा तमूहरुको चेलिबेटी भोज सम्पन्न

14 February, 2017

unnamedदोहा,  तमू (गुरुङ) समाज कतारको आयोजनामा चेलिबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार फेबु्रअरी १० तारिखका दिन कतारको नज्मा स्थित अलनक्याम रेष्टुरेण्टमा विभिन्न रोचक कार्यक्रमहरुको आयोजना सहित भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रम 

तमू समाज कतारका अध्यक्ष खेम तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए एनसीसी कतारका उपाध्यक्ष प्रविण तमूको प्रमुख आतिथ्यता रहेको थियो ।

विशेष अतिथिहरुमा समाजका प्रमुख संरक्षक बिलबहादुर तमू र संरक्षक सदस्य बुधबल तमू लगायत निर्देशक सल्लाहकार कृष्ण तमू, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका कार्यवाहक अध्यक्ष लिलम चिडी मगर, नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राई, ब्यवसायी -समाजसेवी माया केसी, गायीका देविका केसी गुरुङ, तमू प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष लिलकुमार टु क्ह्ब्री तमू, समाजका सल्लाहकारहरु बुद्ध तमू, धनराज तमू, नन्दु घले तमू, आशबहादुर तमू – गोरखा, रनबहादुर तमू, आशबहादुर तमू – कास्की, समाज अन्तर्गत तमू सांस्कृतिक परिवारका अध्यक्ष मदन तमू, तमू खेलकुद समितिका कार्यवाहक अध्यक्ष पुरन तमू, महिला विभागकी संयोजक टौमाया तमूस्यो, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक केशरसिंह तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक पुर्ण तमू लगायत थिए ।

समाजका प्रथम उपाध्यक्ष रस (शिव) तमूले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि प्रविण तमूबाट द्विप प्रज्वलित गरि विधिवत रुपमा शुभारम्भ गरिएको कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए ।

तमू समाज कतारको मातहातमा रहेको महिला विभागका पदाधिकारी तथा सदस्यहरुलाई टाटनको क्रमु (पछयौरी) ले सम्मान गरिएको थियो ।

त्यसरी सम्मानित हुने लगभग ५० जना चेलिहरुमा नेपाली महिला समाजकी अध्यक्ष रेखा राई र ब्यवसायी ÷ समाजसेवी माया केसी, गायीका देविका केसी गुरुङ समेत हुनु हुन्थ्यो । तरुलको साथमा सेल रोटि र बोडीको अचारको स्वादिलो परिकारबाट सुरु भएको खान पिनको कार्यक्रम विभिन्न स्वादिलो भोजनबाट समापन गरिएको थियो ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads