कतारले तोक्यो विदेशी कामदारको न्यूनतम तलब
आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक विदेशी कामदारको मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको छ ।
कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन् । अब नेपाली कामदारले न्यूनतम २० हजार रुपैयाँ मासिक तलव पाउनेछन् । कतारी श्रममन्त्री इसा अल नउमीले कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम भएमा स्वीकृत नगर्नै जानकारी दिए । सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्ने छ ।
उनका अनुसार अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन् ।यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले बताएका छन् ।
कतारले श्रम मामिलामा सुधारको सुरुवात सन् २०१५ बाट थालेको हो । कामदारलाई अनिवार्यरुपमा बैंक खातामा तलब जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम भइसकेका छन् ।
सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो । कतारी श्रममन्त्री नाउमीले सुधार प्रयास यतिमै नरोकिने बताए ।
नेपालमा मानवअधिकारको अवस्था कमजोर रहेको एम्नेस्टीको ठहर
तपाईंको प्रतिकृया
ताजा समाचार
- १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
- ४ करोड लिएर भागेका लेखा अधिकृत पक्राउ
- ड्रग बेच्ने गिरोहका नाइके पक्राउ
- डा. देवकोटाकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद
- पेस्तोल र लागू औषधसहित भारतीय पक्राउ
- सम्पदा क्षेत्रमा व्यापारिक भवन बनाउने काम रोक्न सर्वोच्चको आदेश
- एक महिनामा तीन दर्जन बलात्कृत
- आर्थिक वृद्धिदर बढ्योः प्रतिव्यक्ति १ लाख माथि
- भूकम्पले अझै दुःखी तुल्याइरहेको छ– राष्ट्रपति भण्डारी
- शिक्षा मन्त्रीबाट ‘सेक्सी योगा’ जाँदा सरकारी गाडीको प्रयोग
- भूकम्पमा मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण
- काँकडभिट्टा आइपुगेका यात्रुवाहक बस
- खरबुजा बजार लैजाने तयारी
- चुरेमा लागेको आगो नियन्त्रण
- सम्पदाको पुनर्निर्माण सुस्त गतिमा
- किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने
- ‘एनआरएनए युएसए हेल्प डेस्क’ का लागि कोष स्थापनाको माग
- भारत र चीनले नेपाललाई छाडेर गर्ने विकास अपूर्ण हुन्छ : दाहाल
- पाटन उच्च अदालतद्वारा एन्फा विरुद्धको अन्तरिम आदेश खारेज
- बार्सिलोनामा दर्शकले भुइँमै बसेर हेरे चलचित्र ‘शत्रु गते’
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


