कथित बुद्धिजिवीहरुले स्वार्थका लागि देशविरुद्ध प्रचार गरे (भिडियो सहित)

17 December, 2017 21:21 | राजनीति | comments | 19650 Views

नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओलीले वाम गठबन्धनको सरकार बनेपछि पूँजी पलायन हुन्छ, लगानी आउँदैन भनेरआफूलाई बुद्धिजीवी भन्नेहरुले दुष्चार गरेको बताउनुभएको छ ।

वाम गठबन्धनले आइतबार गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

ओलीको भनाई थियो- परराष्ट्र, परराष्ट्र भनेर भारतको चर्चा गर्न खोजिएको हो । भारतले आधिकारिक रुपमा के स्टेटमेन्ट दिएको छ ? ‘हामी अहिलेको जनादेशलाई कदर गर्छौं, अहिले जसरी बहुमत ल्याएको छ, यसले स्थिरता, स्थायित्व दिने हामीले विश्वास गरेका छौं । यसप्रति खुसी व्यक्त गर्छौ र मिलेर काम गर्न आतुर छौं’ ।

अनि कथा बुन्नेहरुका कथाका पछाडि कुद्ने किन ? यहाँबाट हामी भनिरहेका छौं, आजको वक्तव्यमा पनि छ, ‘नेपालको संविधानद्धारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र, विशेषत छिमेकी देश र अन्तराष्ट्रिय संघसंस्थासँग सुमधुर सम्वन्ध कायम गर्न कटिवद्ध छौं’ । हाम्रो नीति साझा घोषणा पत्रमा छ ।

अनि पुँजी पलायन हुन्छ के हुन्छ ? म स्पष्टसँग भन्न चाहन्छु, तीन महिना हेर्नुस्, फिल गर्नु हुनेछ, सबै बकवास हो, कुनै आधार रहेनछ । तपाईहरुले जुन प्रश्न गर्नु भएको छ, यसको जवाफ त भारतले दिइसक्यो । त्यसमाथि के भनिरहनु पर्‍यो ।

यो देशविरुद्धकै प्रचार हो । बैदेशिक लगानी नओओस्, शेयर बजार डामाडोल होस्, यस्तो कुरा कसैले सोच्न हुन्छ । आफूलाई सो काल्ड बुद्धिजिवी ठान्नेहरुले साना स्वार्थ र तुच्छ अहमका लागि देशलाई दुरगामी असर पर्ने विषहरु छर्ने काम गरेका छन् । यो निराधार छ, म आश्वस्त पार्न चाहन्छु ।

प्रधानमन्त्री चयन प्रतिनिधिसभाले गर्ने हो

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भावी प्रधानमन्त्रीका रुपमा हेरिनुभएका ओलीले त्यस क्रममा नयाँ सरकार गठनमा कुनै संवैधानिक अस्पष्टता नरहेको दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले सरकार गठन प्रतिनिधिसभाको विजनेश भएको बताउँदै अहिले सरकारले अवरोध गर्‍यो भन्ने नभएको तर, प्रधानमन्त्रीको अभिव्यक्तिले राम्रो संकेत नगरेको भन्दै प्रधानमन्त्री चयन प्रतिनिधिसभाको स्वतन्त्र विजनेश हो । यसको राष्ट्रियसभासँग कुनै सरोकार छैन भन्नुभयो ।

दुई वा दुई भन्दा बढी दलको समर्थन बुझाएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने बताउँदै सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै राष्ट्रपतिलाई असंवैधानिक कामका लागि दबाव नदिन चेतावनी दिनुभयो ।

पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले भारतले आधिकारिक वक्तव्यमा नै मिलेर काम गर्न आतुर छौं भनेको सुनाउँदै कथित बुद्धिजीवीहरुका कथाका पछाडि नकुद्न आग्रह समेत गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More