कपिलवस्तुमा साढे २७ हजार मत बदर

13 December, 2017 14:18 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 19200 Views

कपिलवस्तु जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ। 

मतपत्रमा ल्याप्चे लगाउने, कोठाबाहिर छाप लगाउने, एउटै मतपत्रमा दुई मत चिह्नमा छाप लगाउने जस्ता मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयंसेवीले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयं उम्मेदवारले पनि आफ्ना मतदातालाई मत हाल्ने तरिका सिकाउन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ। प्रतिनिधिसभातर्फबाट १३ हजार ८१४ र प्रदेशसभामा १३ हजार ८०३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका कुल मतदाता ३ लाख ११ हजार ७६० मध्ये ७३ दशमलव ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताए।

मतदाता शिक्षा प्रभावकारी भएन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More