कमल थापाको प्रश्न- “पृथ्वी जयन्ती नमनाउन कसको दवाव छ” ?

10 January, 2017 23:40 | राजनीति | comments | 1950 Views

kamal-thapa

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्ती आउँदा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेताल पृथ्वी जयन्तीलाई सम्मान गर्नुपर्छ भन्नुहुन्छभन्ने तर राष्ट्रिय एकता दिवसका रुपमा नमनाउनुका कारण के हो र कुन शक्तिको दबाब छ भन्ने प्रश्न गर्नुभएको छ ।

पार्टीले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष थापाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्ने बताउँदै सो प्रश्न गर्नुभएको हो ।

उहाँले शाहको जन्मजयन्तीलाई औपचारिक रुपमा सरकारले एकता दिवस मनाउन आवश्यक रहेको बताउँदै “दोस्रो जनआन्दोलनको रापतापमा सो जयन्तीलाई बिर्सिएर एकता दिवस मनाउने परम्परा अन्त्य गरिएको छ, त्यो गलत छ, त्यसलाई सच्याउनुपर्छ भन्ने आम जनताको भावना रहेको छ” भन्नुभयो ।

कार्यक्रममा पर्टीका राष्ट्रिय नेता पशुपतिशम्शेर राणाले केही समययता पृथ्वीनारायणको योगदान ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै उहाँले दुःखले आर्जेको मुलुकलाई विखण्डन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा मालेका महासचिव सिपी मैनालीले तत्कालीन समयमा छरिएको राज्यलाई एकीकरण गरी पृथ्वीनारायण शाहले राज्यलाई एकढिक्का बनाई नेपाल र नेपालीलाई विश्व परिवेशमा परिचित बनाएको विचार व्यक्त गर्नुभयो ।

प्राज्ञ डा दिनेशराज पन्तले विभिन्न समयमा नेपालको एकीकरण हुने तथा विखण्डन हुने गरेकामा पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेको विचार व्यक्त गर्दै आधुनिक नेपाल चाहनेले उहाँलाई बिर्सन नहुने बताउनुभयो ।

पूर्वप्रधानसेनापति प्यारजङ्ग थापाले तत्कालीन समयमा राजा, जनता र सेनाको साझा प्रयासबाट मुलुकको एकीकरण भएको बताउँदै पृथ्वीनारायणको दूरदर्शिता र योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन आवश्यक : राष्ट्रपति भण्डारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More