कम्फर्ट वुमनको प्रतिमा हटाउन कोरियाली सरकारलाई जापान सरकारको दबाब

9 January, 2017 16:03 | जापान | comments | 5 Views

comfort-woman

जापानका प्रधान मन्त्रि शिन्जो आवेले दक्षिण कोरियामा राखिएका कम्फर्ट वुमनका प्रतिमा हटाउन पर्ने बताएका छन् । अघिल्लो महिना दक्षिण  काेरियाकाे भुसान शहर स्थित जापानी दूतावासको अगाडि कम्फर्ट वुमनको प्रतिमा रखिएको थियो ।

कम्फर्ट वुमन ती महिला तथा किशोरी हुन् जसलाई दोस्रो विश्व युद्ध अघि र दोस्रो विश्व युद्धको अवधिमा जापानी सेनाले कब्जामा लिएका ठाउँमा जबरजस्ती यौन दास बनाएर राखेका थिए। ती महिला तथा किशोरीलाई विभिन्न कम्फर्ट स्टेसनहरूमा जापानी अफिसर तथा सेनाको यौनेच्छा पुर्ति गर्न प्रयोग गरिन्थ्यो।

आबेले दक्षिण कोरियाको राजधानी सोल स्थित जापानी दूतावासको अगाडि राखिएका अन्य प्रतिमा सहित यस प्रतिमालाई पनि हटाउन आग्रह गरेका हुन् । आवेले भनेका छन् “दुबै देशले २०१५ मा दुईपक्षिय समझौता गरेको छ कि कम्फर्ट वुमनका मुद्धा पूर्ण रुपमा र अपरिवर्तनिय समाधान भएको छ ।”

जापानीले समझौताका अन्तर्गत आफ्नो दाइत्व गम्भिरता पूर्ण निर्वाह गरेको छ । साथै जापानले पूर्व कम्फर्ट वुमन पुनस्थापनाका लागि दक्षिण कोरियाकालाई एक अरब येन अथात ८५ लाख डलर प्रधान गरेको छ ।  त्यसैले दक्षिण कोरियाले पनि आफ्नो दाइत्व पूरा गर्न जरुरी रहेकाे अावेले बताए ।

१९९४ मा जापान सरकारले ‘एसियन विमेन्स फन्ड’ को स्थापना गरेर दक्षिण कोरिया लगायत अन्य देश फिलिपिन्स, ताइवान, नेदरल्यान्ड र ईन्डोनेशियाका पुर्व कम्फर्ट विमेनलाई  क्षतिपुर्ति प्रदान गरि सकेकाे छ ।


जापानी सेनाको यौनइच्छाले निम्ताएको हिंसा र कम्फर्ट विमेनकाे पिडा


 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More