Tuesday 21, February 2017
नेपाली समय: 06:23:30
जापानी समय: 09:38:30

कम्युनिस्टहरु कांग्रेसको पछिपछि आएका हुन् : डा महत

11 January, 2017

ramsaran-mahatनेपाली काँग्रेसका नेता डा रामशरण महतले काँग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्ट आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार धनगढीमा आयोजित काँग्रेस कार्यकर्ता भेलामा उहाँले काँग्रेसले अगुवाइ गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक्रममा कम्युनिस्ट र दक्षिणपन्थी दल आएको बताउनुभयो ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका डा महतले भन्नुभयो, “२०४८ देखि काँग्रेसले अघि सारेका आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटक पटकको राजनीतिक अस्थिरताका बाबजुद देशको अर्थ व्यवस्था टिकेर बसेको छ ।”

राज्य नियन्त्रित आर्थिक पद्धतिले देशको आर्थिक विकास हुन नसक्ने बताउँदै उहाँले पाँच नम्बर प्रदेशका जनाताको अभिमतअनुसार सो क्षेत्रको प्रदेश सीमाङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसका नेता एवम् वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर सङ्गठनमा लाग्नुपर्ने बताउनुभयो ।

काँग्रेसका अर्का नेता एवम् सांसद रामकृष्ण यादवले एमाले र मधेसी मोर्चाको अतिवादमा अहिले देश फसेको उल्लेख गर्दै यसलाई निकास दिन काँग्रेस सक्षम रहेको बताउनुभयो ।

सांसदद्वय पुष्करनाथ ओझा र चन्द्रा जोशीलगायतले संविधान कार्यान्वयनमा दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads