Thursday 23, February 2017
नेपाली समय: 11:07:12
जापानी समय: 02:22:12

करौँडो मूल्य बराबरको चरेससहित पाँच पक्राउ

17 February, 2017

अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई शुक्रबार अपराह्न प्रहरीले सार्वजनिक गरेको छ ।

विराटनगरको एक होटलबाट सूचनाको आधारमा बिहीबार अपराह्न ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्नेद्वय वर्ष १८ को राम गुरुङ, वर्ष १७ को अरुण गुरुङ र धादिङको भुमेस्थान–१ बस्ने वर्ष १८ को मिलन राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

उनीहरुले चार वटा चरेसको प्याकेट बनाएर चारवटा सुटकेसमा फ्ल्स बटम बनाएर लुकाएर राखेका थिए। काठमाडौँबाट चरेससहित बिहीबार यहाँ आएका उनीहरु एक होटलमा आराम गर्न बसेका थिए । जोगबनी भएर भारतको कोलकत्ता बिहीबार नै जाने सुरसारमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताए ।

उनीहरुको साथबाट रेलको टिकट, पाँच थान मोबाइल, भारु १४ हजार ४ सय, एक हजार रुपैयाँ र पाँच थान नेपाली नागरिकताका साथै बस चढेर काठमाडौँबाट विराटनगर आएका पाँच थान टिकट बरामद गरिएको छ  । सो लागुपदार्थ चरेसको नेपाली बजारमा अनुमानित प्रतिकिलो ३० देखि ४० हजार, भारतीय बजारमा प्रतिकिलो ६० देखि ७० हजार र जापानमा प्रतिकिलो तीन लाख रुपैयाँभन्दा बढी पर्ने गरेको प्रहरी उपरीक्षक भण्डारीले जानकारी गराए ।

उनीहरुमाथि आजै लागुपदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ । यसअघि, गत पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकत्ता बस्ने वर्ष २५ को शेख रिमादलाई तीन किलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरिएको थियो ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads