कर्णालीलाई मुलुककै धनी प्रदेश बनाइने

2 June, 2018 21:59 | कर्णाली प्रदेश , प्रदेश | comments | 52800 Views

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले कर्णालीलाई मुलुककै धनी प्रदेश बनाउने अठोट लिएको बताउनुभएको छ ।

शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरिबीको उपमा पाएको यो प्रदेशलाई १० वर्षपछि देशकै धनी बनाउने अठोटका साथ लागि परेको बताउनुभयो ।

adsads
“संघीय सरकारले आर्थिक विकासको जग हाल्ने बजेट ल्याएको छ, यसमा प्रदेश सरकारले आफ्नो बजेट ल्याउनु पर्नेछ,” पूर्वमन्त्री शर्माले भन्नुभयो ।

उहाँले भन्नुभयो, “स्रोतको पहिचान गर्नुपर्ने भएकाले अहिले तत्कालै कर्णाली प्रदेश सरकारको बजेट ठूलो आयतनमा आउने देखिदैन ।” यद्यपि वित्तीय सामानीकरणअनुसार संघले बजेट विनियोजन गरेको उहाँको भनाइ थियो ।

विकासका हिसाबले सुरुङमार्ग निर्माण पहिलो योजना रहेको उल्लेख गर्दै उहाँले कर्णाली र भेरी करिडोर बजेटमा रहेको, तिनको डिपिआर अविलम्ब गर्नुपर्ने काममा लाग्नुपर्ने बताउनुभयो । प्रदेशको तीव्र विकासका लागि संघमा रहेर निर्वाध खट्ने वचन नेता शर्माले दिनुभयो ।

यतिबेला योजना निर्माणको चरण रहेको जनाउँदै उहाँले कर्णाली प्रदेशले अर्थतन्त्र चलायमान हुने योजना ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “संघीय सरकारबाट ऋण लिएर होस् या अन्तर्राष्ट्रिय सहयोगबाट होस्, कर्णाली प्रदेशमा पर्ने राष्ट्रिय गौरवका योजना निर्माण गरेरै छाड्छौँ ।” आवश्यक कानूनी संरचनागत समस्यालाई हल गर्न कानून छिटो आउनुपर्ने उहाँको तर्क थियो ।

चुनौती सामना गर्न र जनादेश पूरा गर्न पार्टी एकता भएको बताउँदै उहाँले भन्नुभयो, “जनअपेक्षा पूरा गर्न कम्युनिष्ट सरकार निकै उत्तरदायी र इमान्दार भएर मेहनतका साथ काम गर्नुपर्ने छ ।”

कर्णालीमा गैसस: थोरै काम, ज्यादा विकृति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More