कर्णाली कर्णाली

  • कर्णाली
  • कर्णाली
  • कर्णाली
  • कर्णाली
  • कर्णाली
  • कर्णाली

कर्णाली प्रदेशः आर्थिक कार्यविधि विधेयक पारित

5 April, 2018 10:35 | कर्णाली प्रदेश , प्रदेश | comments | 111600 Views

कर्णाली

कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो ।

adsads
यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । विधेयक प्रदेश नियमावली, २०७४ को नियम १०९ को उपनियम १ बमोजिम छिटो पारित गरिएको छ ।

खासगरी प्रदेशमा बढ्दै गएको भ्रष्टाचार र कर्मचारीले गर्ने खर्च नियन्त्रण जोड दिन तथा आर्थिक मितव्ययितामा ध्यान दिन कार्यविधि ल्याइएको आर्थिक मामिलामन्त्री ज्वालाले जानकारी दिनुभयो ।

कार्यविधि पारित भएपछि अब सरकालाई बजेट ल्याउन बाटो खुला भएको छ । यसले तीन महिनाका लागि संघीय सरकारले उपलब्ध गराएको रु एक अर्ब दुई करोड पाँच लाख बजेटको विनियोजनका लागि सहज भएको मन्त्री ज्वालाको भनाइ छ ।

अपराधीलाई कारवाही गर्न माग
बुधबारको बैठकमा सुर्खेतमा नेविसंघ समर्थक विद्यार्थीद्वारा भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीको गाडीमाथिको तोडफोड र बढ्दै गएको आपराधिक घटनाका विषय उठ्यो । मन्त्रीको गाडीमा तोडफोड हुँदा पनि प्रहरी प्रशासन मौन रहेको भन्दै उनीहरुले सभामुखमार्फत प्रदेश सरकारसँग आक्रोश पोखे ।

प्रदेशसभा सदस्य धर्मराज रेग्मीले आफूलाई ज्यानै जानेगरी घटना हुँदा पनि प्रदेश सरकार मौन भएर बसेको दोषारोपण गर्नुभयो । कर्णाली प्रदेशमा आपराधिक कार्य बढेको भन्दै सदस्यहरुले गलत गर्ने जो कोहीलाई कडा कारवाही गर्न आग्रह गर्नुभयो ।

संघीय अनुदानबाट कर्णाली प्रदेश बन्दैन : मुख्यमन्त्री शाही

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कर्णाली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More