कर्णाली प्रदेशको क्याबिनेट बैठक रारामा, प्रधानमन्त्री मुख्य अतिथि

31 March, 2018 19:19 | प्रदेश ६ | comments | 31200 Views

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठक मुगुको रारा ताल परिसरमा बस्ने भएको छ। प्रदेश सरकारले आयोजना गर्न लागेको कर्णाली-रारा पर्यटन वर्षको अवसर पारी तेस्रो बैठक रारामा बस्ने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी थालिको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। प्रधानमन्त्री आगामी वैशाख १ गते कर्णाली-रारा पर्यटन वर्षको उद्घाटन गर्न रारा आउने कार्यक्रम छ।

सोही अवसरमा मन्त्रीपरिषद्को तेस्रो बैठक रारामा बस्ने भएको हो। वैठकबाट कर्णालीको विकास निर्माणको खाका तयार पारिने भएको छ। राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण, उत्तरी नाका सञ्चालनलगायतका विभिन्न विषयमा छलफल हुने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।

उनले कर्णाली चिनाउनका लागि कर्णाली-रारा पर्यटन वर्षको आयोजना गरिएको बताए। उनका अनुसार प्रधानमन्त्री ओलीले राराबाटै देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। पर्यटकहरुले कर्णालीको सुन्दरता, यहाँको अवस्था, स्थानीय उत्पादनको परिकारहरुको विक्रिवितरण गरिने बताए।

पर्यटन वर्ष उद्घाटनको अवसर पारी हुम्लाको उत्तरी नाका, कालिकोटको पातल झरना र डोल्पाको से-फोक्सुण्डोसम्मको भ्रमण, विभिन्न साँस्कृतिक झाँकीहरु, प्याराग्लाडिङ्ग, र्‍याफ्टिङ, घोडादौडलगायतको खेलहरुको आयोजना गरिने भएको छ। रारासम्म पुग्ने सडकको मर्मत सुधार थालिएको भौतिक पूर्वाधारमन्त्री खड्ग खत्रीले बताए।

रारा तालसम्म सडक सञ्जाल जोडिएकाले वैशाख १ गतेदेखि नियमित सवारी साधनहरु गुड्ने बताए। यस्तै, पर्यटकहरुको अवलोकनका लागि नियमित हवाई सेवासमेत सञ्चालन गरिने भएको छ। पर्यटन वर्ष उद्घाटन कार्यक्रममा संघीय सरकारका मन्त्री, पुर्व प्रधानमन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, कर्णाली प्रदेशसभा सदस्यहरु, नेपाल स्थित विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरु, पर्यटन व्यवसायी, उद्योगी व्यवसायी, स्थानीय तहका पदाधिकारीहरु, उपस्थिती रहने बताइएको छ।

वर्षभरि करिब पाँच लाख पर्यटकहरु भित्रिने अनुमान गरेको प्रदेश सरकारले दैनिक एक हजार पर्यटकहरु भित्र्याउने योजना बनाएको छ।पर्यटन वर्ष व्यवस्थापनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । यस्तै, कर्णाली प्रदेशसभामा प्रतिनीधित्व गर्न संघीय संसदका सदस्यहरुलाई सल्लाहकार समितिमा राखिएको छ भने विभागिय मन्त्रीहरुको संयोजकत्वमा कार्य व्यवसथा समिति गठन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारको श्रम दिनमा ‘बुलबुले सरसफाइ’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More