कर्णाली प्रदेशमा भूमि आयोग गठन गरिने

11 June, 2018 10:28 | कर्णाली प्रदेश , प्रदेश | comments | 15150 Views

कर्णाली प्रदेशमा भूमिसम्बन्धि सबै किसिमका समस्या समाधान गर्न शक्तिशाली भूमि आयोग गठन गरिने भएको छ ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति सुर्खेतको ज्ञापनपत्र बुझदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भूमिसम्बन्धि सबै समस्या समाधान गर्न प्रदेश सरकारले शक्तिशाली भूमि आयोग गठन गर्ने बताउनुभो ।

adsads

सुकुमबासी, ऐलानी, बाढीपीडित, गुठी, मुक्त हलिया, द्वन्द्वको समयमा किनबेच गरिएका जग्गाको स्वामित्व तथा भोगचलन लगायतका समस्या समाधानका लागि सरकारले आयोग गठनको तयारी गर्न लागेको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । राष्ट्रिय भूमिअधिकार मञ्चका प्रतिनिधिहरुसँग छलफल गर्दै उहाँले गास, बास र कपास नागरिकको मौलिक हक भएकाले सरकारले उक्त व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउन लागेकाले सबै नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट सारेर सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गरिने शाहीले बताउनुभयो । भूमिहिनको काम गर्दा कुनै पनि सरकारी कार्यालय वा कर्मचारीले ढिलासुस्ती, बेवास्ता र घुस मागेमा उनीहरुलाई कारबाही गरिने उहाँले बताउनुभयो । भूमिहिन, सुकुमबासी र सीमान्तकृत समुदायको समस्या समाधान गर्न आफू गम्भीर रहेको उहाँको भनाइ थियो । सो अवसरमा मुख्यमन्त्री शाहीलाई मञ्चले नौ बुँदै सुझावपत्र समेत बुझाएको थियो ।

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

आमा छोरी

फेसबुक

आमा छोरी

ट्वीटर

सामाजिक सञ्जाल

More