कर्णाली प्रदेश कर्णाली प्रदेश

  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश

कर्णाली सरकारका सय दिनः अर्गानिक, डिजिटल प्रदेशदेखि कर्णाली–रारा पर्यटन वर्षसम्म

28 May, 2018 10:57 | कर्णाली प्रदेश , प्रदेश | comments | 50100 Views

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आइतबार राजधानी वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी १०० दिन कार्यकालको कार्य प्रगति सार्वजनिक गरेको छ ।

गत फागुन ६ मा सरकारले पूर्णता पाएसँगै कर्णाली प्रदेश सरकारले १०० दिनमा केही महत्वपूर्ण काम भएको जनाएको छ ।

adsads
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानमा उल्लेख भएबमोजिम निर्माण गर्नुपर्ने प्रदेश कानूनका सम्बन्धमा कर्णाली प्रदेश मन्त्रिपरिषद्ले नियमावली, आचारसंहिता र निर्देशिका स्वीकृत गरेको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय अभियानलाई सफल बनाउन यसबीचमा प्रदेशलाई दीर्घकालसम्म सकारात्मक असर पार्ने खालका महत्वपूर्ण निर्णय भएको उहाँले जनाउनुभयो । प्रदेश सरकार गठन भई कार्य प्रारम्भ गर्दा कमजोर भौतिक अवस्था, न्यून जनशक्ति, स्रोतसाधनको कमी जस्ता व्यवस्थापकीय चुनौतीका बीचबाटै मन्त्रिपरिषद्ले विभिन्न नीतिगत, कार्यगत र संरचनागत व्यवस्था गरेको उहाँको भनाइ थियो ।

सयदिनमा सरकारले अल्प, मध्य र दीर्घकालीन योजना निर्माण गर्नुका साथै दर्जनभन्दा बढी कानूनका लागि विधेयक ल्याएको मुख्यमन्त्री शाहीले बताउनुभयो । “प्रदेश सरकारले सरकार सञ्चालनमा सहयोग पुगोस् भन्ने हेतुले विभिन्न कार्यविधि, नियमावली र निर्देशिका पनि निर्माण गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “सरकारले यो अवधिभित्र १३ वटा बैठक सम्पन्न गरेको छ । २० वटा कानून तर्जुमा र नौवटा विधेयक संसदमा पेश गरेको छ ।” यद्यपि संरचनागत समस्या प्रदेश सरकारले सोचेअनुसारको काम नहुनुमा बाधक बनेको उहाँको गुनासो थियो ।

प्रदेश सरकारका महत्वपूर्ण काम

सरकार सञ्चालनका लागि प्रदेश सरकारले लिखत प्रमाणीकरण नियमावली, २०७४, प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०७४, प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४, मन्त्रिपरिषद्का सदस्यका लागि आचारसंहिता, २०७४, प्रदेश मन्त्रिपरिषद्सम्बन्धी कार्यविधि, २०७४, कर्णाली प्रदेश सञ्चित कोष (सञ्चालन कार्यविधि) नियमावली, २०७५ स्वीकृत गर्नु र विभिन्न विधेयक पारित भएको मुख्यमन्त्रीले शाहीले सार्वजनिक गर्नुभयो ।

सरकारले प्रदेशका कर्मचारीको आचारसंहिता निर्माण गर्ने कार्य शुरु गरेको छ । पूर्वाधार विकासको अभावमा कर्णाली प्रदेश विकासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले राजधानी सुर्खेतदेखि हिमाली जिल्ला मुगु हुँदै हुम्ला जोड्ने लिङ्करोड निर्माणको घोषणा पनि गरेको छ ।

त्यस्तै, मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार, वन, उद्योग, पर्यटन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशस्तरका कार्यविधि, विधेयक, नियमावली र निर्देशिका संसद्बाटै पारित हुने प्रक्रियामा रहेको पनि सार्वजनिक गर्नुभयो ।

संघीय कानून नबन्दा प्रदेश सरकार सकसमा

प्रदेश सरकार सञ्चालनका लागि संघीय कानून बेलैमा नबन्दा सरकार हातखुट्टा बाँधेको अवस्थामा रहेको मुख्यमन्त्री शाहीले बताउनुभएको छ । प्रदेशको नामाङ्कन भई राजधानी तोकिसक्दा पनि संघअन्तर्गतका जिल्ला तथा क्षेत्रीयस्तरका संरचना खारेज नहुँदा प्रदेश सरकारलाई काम गर्न अलमल भएको उहाँको भनाइ छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारले अर्गानिक र डिजिटल प्रदेश निर्माण गर्ने लिएको नीति, ‘पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन’ अवधारणा, ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’, हरेक महिनाको १ र १५ गते मनाइने श्रम दिवस, सरकारले आव ०७४÷०७५ को तेस्रो चौमासिकका लागि ल्याएको नीति तथा कार्यक्रमलाई महत्वपूर्ण कामका रुपमा लिएको छ । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ लाई प्रदेशको आर्थिक समृद्धिको मुख्य आधारका रुपमा लिईएको छ ।

एक हप्ताभित्र आवश्यक कानून

अब प्रदेश सरकारले आफ्नो आवश्यकताअनुसारको कानून बनाउने जनाएको छ । संघीय कानूनसँग बाझिएको खण्डमा त्यतिबेलै सोच्ने भन्दै मुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेश सरकार त्यसै बस्न नहुने बताउनुभयो । सरकारले लिएको लक्ष्यअनुसार कामको गति अघि बढ्न नसक्नुमा संरचनागत कठिनाइ भएकाले आशातित प्रतिफल हात नपरेको उहाँले जनाउनुभयो ।

विशेषगरी, विनियोजन विधेयक ल्याई मन्त्रालयगत रुपमा निकासा भएको बजेट र संसदबाट पारित नियमावली, कानून तथा निर्देशिका कार्यान्वयनमा जोड दिने प्रदेश सरकारले जनाएको छ । –शुरबहादुर सिंह÷दिपेन्द्र शर्मा, रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कर्णाली प्रदेश

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More