कर्णाली सरकारको नीति तथा कार्यक्रम अाज पेश हुँदै

23 April, 2018 14:03 | कर्णाली प्रदेश | comments | 97200 Views

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुँदैछ। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

adsads

पहिलो पटक ल्याउन लागेको तीन महिने नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा जोड दिएको सरकारकी प्रवक्ता बिमला केसीले बताइन्। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४-७५ का लागि तीन महिने नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको हो।

सरकारको नीति तथा कार्यक्रममा सरकारले यसअघि गरेका निर्णय भौतिक पूर्वाधार र पर्यटनलाई समेटिएको बताइएको छ। सरकारले एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ खर्चिने गरी आगामी असार महिनासम्मका लागि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More