कर्मचारीले नटेरेपछि प्रधानमन्त्रीसँग गुहार माग्दै मुख्यमन्त्री

25 February, 2018 00:01 | राजनीति | comments | 97800 Views

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार सञ्चालनमा संघीय कर्मचारीले असहयोग गरेको गुनासो गरेका छन् । नम्बर २ मुख्यमन्त्री राउतले संघीय कर्मचारीले असहयोग गरेको भन्दै केन्द्रीय सरकारलाई सहयोगका लागि प्रधानमन्त्री केपी ओली समक्ष आग्रह गरेका छन् ।

adsads

प्रदेशमा केन्द्रबाट पठाइएका कर्मचारीहरु हालसम्म उपस्थित नभएको पनि उनले गुनासो गरेका छन् । कर्मचारीसहित प्रदेश सरकारका लागि आवश्यक स्रोत साधनसमेत अभाव रहेको भन्दै मुख्यमन्त्री राउतले सहयोग गरिदिन प्रधानमन्त्री ओलीलाई पत्र नै पठाएका छन् ।

राउतले फागुन ३ गते प्रदेश सरकार गठन भए पनि सरकारको काम अघि बढाउने क्रममा संघीय कर्मचारीहरु असहयोगी भइरहेको तथा कर्मचारी अभावका कारण कार्यसम्पादन समेत हुन नसकेको कुरा पत्रमा उल्लेख गरेका छन् ।

‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलतो छ । यसबारे म प्रान्तीय सरकारको मुख्यमन्त्री र मेरा मन्त्रिमण्डलका साथीहरु तथा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीबाट हामीले सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ’, प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ ।

समय समयमा अनावश्यक प्रान्तीय सरकारको काममा अवरोध हुनेगरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेको भन्दै राउतले असन्तुष्टि जनाएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More