कर छलीमा फेरि मुछिए लियोनल मेसी

21 June, 2018 19:54 | खेल | comments | 24150 Views

खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स-२ सार्वजनिक गरेको छ ।बुधबार  सार्वजनिक पनामा पेपर्स-२ माअर्जेन्टिनी फुटबलर लियोनल मेसी पनि परेका छन्।

adsads

दुई वर्षअघि पहिलो पटक पनामा पेपर्स सार्वजनिक हुँदा पनि मेसी कर छलीमा संलग्न भएको उल्लेख गरिएको थियो।आइसिआइजेले मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट पाएको कागजातमा मेसी र उनका बुवा जोर्जे होरासियो मेसी करी छलीमा संलग्न भएको खुलेको जनाएको छ।

दुई वर्षअघि पनामा पेपर्समा मुछिएपछि मेसीमाथि स्पेनले छानबिन गरेको थियो। मेसीले भने उनले कर छल्न प्रयोग गर्ने भनिएको अफसोर कम्पनी मेगा स्टार इन्टरप्राइजेज पूर्ण निष्क्रिय भएको प्रतिक्रिया दिएका थिए।

बार्सिलोनामा व्यावसायिक फुटबल खेल्ने मेसीलाई स्पेनको एक अदालतले २१ महिना जेल सजाय झन्डै २४ करोड रुपैयाँ ९२ मिलियन युरो० जरिवाना पनि तोकेको थियो।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More