कर फर्छ्यौट आयोग खारेज गर्न अर्थ समितिको निर्देशन

17 July, 2017 20:37 | अर्थ | comments | 14100 Views

संसदको अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । यहि ऐनमार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचारउन्मुख देखिएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

कर फर्छ्यौट ऐन-०३३ का प्रावधान अन्य कानुनसँग बाझिएको र ऐनमा टेकेर बनेका आयोगका काम संकास्पद देखिएको ठहर गर्दै समितिले सरकारलाई ऐन नै खारेज गर्न निर्देशन दिएको हो ।
ऐनले कर फर्छ्यौट आयोगले गरेका निर्णयहरुमा अदालतमा प्रश्न उठाउन नपाइने लगायतका संविधानसँग बाझिने अधिकारहरु रहेकाले समितिले ऐन खारेज गर्न निर्देशन दिएको हो ।

कर छुटको विवादमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्माविरुद्ध अख्तियारले आइतबार झण्डै ११ अर्ब बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी तत्कालीन कर फर्छ्यौट आयोगको सदस्य सचिव हुन् ।

अर्थ समितिले आयोगले गरेको अनियमित कर मिनाहबारे अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । ९ सदस्यीय राजश्व छली तथा कर अनियमितता अध्ययन उपसमिति गठन गरिएको हो ।
अर्थ समितिले आयोगले गरेको अनियमित कर मिनाहबारे अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । ९ सदस्यीय राजश्व छली तथा कर अनियमितता अध्ययन उपसमिति गठन गरिएको हो ।

समितिमा सांसदहरु सुरेन्द्र पाण्डे, जगदिश्वर नरसिंह केसी, गौरा प्रसाइँ, दीकप कुइँकेल, रत्ना शेरचन, शक्ति बस्नेत, शेरबहादुर तामाङ, श्रीकान्ती बासी र श्रीप्रसाद जगेबु सदस्य छन् ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More