Sunday 30, April 2017
नेपाली समय: 07:05:13
जापानी समय: 10:20:13

कलाकर्मीको संस्थामा गैरकलाकर्मीलाई टीका लगाएर पठाउनु कसरी लोकतान्त्रिक ? (भिडियो)

10 March, 2017

sushma-karki-sanga-interview

नेपालका राजनीतिक दलहरुभित्रको गुटबन्दीको शिकार ती दलका भातृ संगठनमा मात्र हैन शुभेच्छुक संगठनमा समेत नराम्रोसंग परेको छ । यस्तै पार्टी गुटबन्दीको शिकार भएको एउटा संस्था हो नेपाल सांस्कृतिक संघ ।

अघिल्लो महिना संघको महाधिवेशनका क्रममा नयाँ नेतृत्वको चयनको अन्तिम तयारीपछि पार्टीले उम्मेदवारी मनोनयन नै नगरेका व्यक्तिलाई सहमतिको नाममा अध्यक्ष लगायतका पदाधिकारीमा मनोनित गरेपछि त्यहाँ विद्रोहको स्थिति छ ।

संघको स्थापनाकालदेखि सक्रिय रहँदै आउनुभएकी कलाकर्मी शुष्मा कार्कीले अध्यक्षका लागि निर्वाचन मण्डलमा उम्मेदवारी दर्ता गराए पनि उहाँ लगायत निर्वाचनको पक्षमा रहेकाहरुसंग कुनै सल्लाह नगरी कांग्रेसका शीर्ष नेतृत्वले भागवण्डामा केही पदाधिकारी मनोनयन गरेपछि उत्पन्न विवाद अहिलेसम्म साम्य भएको छैन ।

कुराकानीका क्रममा कार्कीले लोकतान्त्रिक आन्दोलनमाा योगदान दिएका नेताहरुले उम्मेदवारी मनोनयन भैसकेको अवस्थामा टीका लगाएर पदाधिकारी चयन गर्ने अलोकतान्त्रिक काम गरेकोमा आपत्ति जनाउँदै आफूलाई नै त्यसरी टीका लगाएर अध्यक्ष बनाइए पनि अस्वीकार गर्ने बताउनुभयो ।

यिनै विषयमा एनआईटीभी मिडिया अन्तर्गत भिजन नेपाल टेलिभिजनका लागि यादब देवकोटाले कलाकर्मी कार्कीसंग गर्नुभएको कुराकानीको भिडियो यहाँ प्रस्तुत छ-

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo