“कसैले सेफ़ भन्छन- कसैले कुक” (भाग १)

17 April, 2017 18:46 | जापान , बिचार | comments | 4800 Views

लेखक बिसु भण्डारीको नया प्रस्तुति—

Bisuसन २००५ सालको कुरा हो । भगवान जापान जाने सपना बोकेर बाग्लुङ जिल्लाबाट राजधानी काठमाडौ आएको थियो । ज़िन्दगीमा अनेक हन्डर खाएर, घर परिवार, इष्टमित्र, साथीभाइलाई छोडेर जापान जाने सपना बोकेर काठमाडौ झरेको रहेछ ।

जापान गएर दुईचार पैसा कमाउला अनि केही बर्षपछि नेपाल फर्की घर परिवार, साथीभाइसंग सुखका साथ जिन्दगी बिताउला भन्ने रहर लिएको थियो ।

पहिला एकपटक दुबई पनि नगएको होईन, तर बिडम्बना कमाउन सकेन । आफूले भनेजस्तो काम र कमाई नभएपछि जापानमा हुने दाईलाई सम्पर्क गरी कुक भिसामा जापान जानका लागि तयारी सुरु गरेको रहेछ ।

हुन त दुबई जानुभन्दा अगाडी नेपालमा आफ्नै काम पनि गरेको थियो उसले । कुक मात्र होईन सानोतिनो होटल नै चलाएको रहेछ। समयले साथ नदिदा ब्यापारमा त्यति सफलता नपाएको उल्टो घाटा भएको, त्यसमाथि बुबाको पनि आफू सानो छँदा मृत्यु भईसकेकाले गर्दा घरपरिबारको लागि भए पनि विदेश जानु र्ने बाध्यता रहेछ ।

दुबई जाने बेलामा दलालले फसाएको थाहा पाउछ। दुबईमा एक दिन पनि बिदा नदिने, पासपोर्ट पनि आफ्नै साथमा राख्ने, समयमा तलब पनि नदिने बंगालीको फन्दामा परेको रहेछ । अति नै भएर नेपाली राजदूताबासमा सम्पर्क गरी ‘ट्राभल’डकुमेन्ट बनाई नेपाल फर्केको रहेछ ।

भाग्यले पनि यस्ता मान्छेहरुलाई नै अफ्ठ्यारोमा पार्ने भन्या बिचारा भगवान । नाम चाही भगवान ज़िन्दगीमा भगवानले साथ दिएको दिन नै छैन ।

जापानका लागि कुक भिसामा आवेदन गर्ने तयारी गर्दा धेरै कठिनाई पनि भोग्नु पर्छ उसैलाई । त्यो बेलामा सेफ़ एसोसियसनको टेस्ट दिएको पासमार्क पाउन धेरै गारो थियो। बल्लबल्ल दुई महिना लगाएर टेस्ट पास हुन्छ । त्यसपछि जापानमा हुने दाईलाई कागजपत्र पठाउछ। पासपोर्टको पेशामा कृषि लेखेका कारण फेरी कुकमा परिवर्तन गराउ अनि अरु ठाउँमा पनि यो मिलेन, त्यो मिलेन सच्चाउदाको दास्ति।

नेपालीहरुमा कुनै पनि कुरा दोहोर्याएर हेर्ने बानी कम भएका कारण भगवानले पनि दु:ख पाउछ । जे कुरा पनि हतार हतारमा गर्ने चलन छ । अलि ध्यान दिने भईसकेका छैनौ कि जस्तो लाग्छ ।

मनमनै दु:ख पाउन मात्र लेखेको रहेछ भनेर सोचिरहन्छ अनि केहीछिन भए पनि आफूलाई बिर्सनको लागि काठमाडौमा बस्दै आएको गेष्ट हाउसको रेस्टुरेन्टमा पिउन सुरु गर्छ । आफू जस्तै विदेश जानका लागि प्रयास गरिरहेको श्याम भन्नेसंग भेट हुन्छ । उ पनि भाग्यले साथ नदिएको, धेरै हन्डर खाएको पाल्पाको मान्छे रहेछ । नराम्रो दलालकोमा फसेर विदेश जान त परै जाओस काठमाडौ आउँदाजाँदा मात्र धेरै पैसा खर्च भैसकेको रहेछ । के गरौ, कसो गरौ भैराखेको मान्छे रहेछ ।

उसको पीडा सुनेर भगवानलाई आफ्नो पीडा धेरै सानो लाग्छ अनि मेरो त काग़ज़पत्रहरु नमिले पनि खासै पैसा पनि खर्च भएको छैन, आतिहाल्नु पर्ने बेला पनि भएको छैन भनेर मनमनै सोच्छ अनि फेरि एकपटक काग़ज़पत्र चेक गरी विदेशमा हुने दाईसग कुरा गर्ने निर्णय गर्छ ।

(सल्लाह अनि सुझावहरु भएमा सम्पर्क गर्नुहोला । यो कथाका पात्रहरु सबै काल्पनिक हुन् कसैको जीवनसंग मेल खान आएमा संयोग मात्र हुनेछ ।)

क्रमस: …

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More