सन्दीप भट्टराई सन्दीप भट्टराई

  • सन्दीप भट्टराई
  • सन्दीप भट्टराई

कहिले मुक्त हुने काठमाडौं धुवाँ, धुलो र फोहोरबाट

11 January, 2018 16:52 | बिचार | comments | 12900 Views

सन्दीप भट्टराई

सन्दीप भट्टराईअहिले काठमाडौँ उपत्यकाका वासिन्दाहरु धूलोमा रूमलिइरहेका छन् । उपत्यकामा कहीं कतै घुम्न गएका मानिसहरु अहिले आफ्नो घर वा कोठमा आउँदा कपडाभरि धुलो र छातीभरि धुवाँको कोसेली बोकेर आउँछन् ।

अहिले उपत्यकाका प्रायः सडक र पेटी राष्ट्रिय गौरवको आयोजना मध्येको एक मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिछ्याउने क्रममा भत्काइएका छन् । सामान्यतः काठमाडौंका सडकमा भूमिगत रुपमा खानेपानीको पाइप, ढल आदि राखिएको छ । बाहिर बिजुली, टेलिफोन, टेलिभिजन केबल र इन्टरनेटका तारहरू छन् । सामान्यतया अहिले चक्रपथमा क्षेत्रहरुमा धेरै धुवा र धुवाँ रहेको पाइन्छ ।

सडक विभागले बाटो बनाउछ । खानेपानी र ढल निर्माण गर्न बाटो फेरि भत्काइन्छ । काठमाडौका अधिकांश सडकमा अहिले भत्काउने र पुर्ने काम जारी छ । अहिले राजधानीवासी धुलो र कुवाँले निस्ससी रहेका छन् ।

मेलम्चीको पाइप बिच्छ्याउने क्रममा उपत्यकाका धेरै सडक तथा पेटीहरु भत्काइएका छन् । जसका कारण उपत्यकाका विभिन्न सडक तथा पेटीहरु हिड्नै नहुने अवस्थामा छन् । बीचच सडकमा खाल्डाखुल्डी छन्, जसले गर्दा आम सर्वसाधारणको दैनिकीमा निकै कष्टकर बनेको छ । जाम, धुलो र खाल्डाखुल्डी परेका सडकका कारण दुर्घटना पनि बढेको छ । एउटा आयोजनाले त यस्तो हालत बनाएको छ उपत्यकाक सडकलाई । बाटो, ढल, फुटपाथ बनाउदा आउने समस्या त पहिलेदेखिकै समस्या हो । एउटा संरचना थप्दा अर्को संरचना बिग्रने भत्कने अवस्था छ ।

अहिले काठमाडौँको वायु प्रदूषण पनि उच्च रहेको छ । पछिल्लो तयांक्क हेर्ने हो भने नेपालमा प्रतिलाख ३६ जना अर्थात् वर्षमा १० हजार ८० जनाको वायु प्रदूषणजन्य रोगका कारण मृत्यु हुने गरेको छ । वायु प्रदूषणमा पनि ७२ प्रतिशत मानिस मुटुजन्य रोगका कारण मर्ने गरेका छन् । १४ प्रतिशत दम, खोकी र श्वासप्रश्वासजन्य र १४ प्रतिशत फोक्सोलगायतको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । अध्ययनअनुसार वायु प्रदूषणका विभिन्न स्रोतमध्ये ३८ प्रतिशत सवारी साधन नै हुन् ।

अहिले सडकमा धुलो बढेपछि रातको समयमा काठमाडौँ महानगरपालिका सडक पखाल्ने कामको शुरुआत गरेको छ । यसरी धुलो कम गर्न सके नागरिकले राहत पाउने कामपाले विश्वास लिएको छ । धुँवाधुलोले शहरी जीवनलाई सकसपूर्ण बनाएको छ । मेलम्ची खानेपानी आयोजनाका कारण राजधानीका विभिन्न स्थानमा जोखिम बढेकाले तत्काल खाल्डा पुर्न र मर्मतमा ध्यान दिनु पर्ने देखिन्छ ।

 

अव्यवस्थित उद्योग, कलकारखाना, सवारीसाधन सञ्चालन, क्षतिग्रस्त भौतिक संरचना र सडक मर्मतले गर्दा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको निष्कर्ष अनुगमनकर्ताको छ । सरकारी तथ्यांकलाई आधार मान्दा काठमाडौं उपत्यकामा २४ सै घन्टा सास फेर्नलायक हावा पाइँदैन । नेपालमा वायु प्रदूषण विश्वमै उच्च भएको सरकारी तथ्यांकले देखाएका छन् । पछिल्ला दिनमा राष्ट्रिय मापदण्डभन्दा दोब्बर धुलो उड्ने गरेको मन्त्रालयले राखेको प्यारोमिटरले देखाएको छ ।

अब कुरा गरौ राजधानीको फोहोर व्यावास्थापन को कुरा । अहिलेका काठमाडौँका सडकमा फोहोरहरु पनि थुप्रने क्रम बढ्दो छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विहान सूर्य उदाउँदा काठमाडौँमा फोहोर नहुने उद्घोष गरेका थिए । तर उनको भनार्इ विपरित भएको छ अहिले काठमाडौँबासीले उपत्यकामा सूर्य उदाउनुभन्दा पहिले फोहोरको थूप्रो देख्न वाध्य भएका छन् । काठमाडौँलाई स्मार्ट सिटी बनाउने उनको भनाइ पनि केवल भनाइको रुपमा सिमित भएको छ ।

धुवाँ, धुलो र फाहेर

जनता मेयर शाक्यको भनार्इ उल्टो परेछ भनेर बस्न वाध्य भएका छन् । स्थानीयवासीको अवरोधका कारण सिसडोल, ओखरपौवामा फोहोर फाल्न नदिएपछि विकल्पको रुपमा रहेको बन्चरेडाँडामा फोहोर व्यवस्थापन नभएका कारण राजधानीका फोहोर सडकमा थुपिरहेका छन् । जसका कारण राजधानीवासीहरु अहिले आजित भएका छन् । उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको धूलो कहिले हट्छ भन्ने प्रश्न सोधीसकेको छ भने अर्को पाटोमा मेयर शाक्य माथि राजधानीवासीको आक्रोश रहेको छ । अब मेलम्चीको पानी कहिले आउला र आफूहरु धुवाँ धुलोबाट मुक्त हुने भनेर समय कुरिरहेका छन् ।

धुलो र धुवाँ हटाउनेलाई हाम्रो भोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More