काँग्रेसद्वारा प्रदेश नं ४ को प्रदेशसभा अवरोध

10 June, 2018 22:12 | प्रदेश , प्रदेश ४ | comments | 16200 Views

प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार बसेको प्रदेश नं ४ को प्रदेशसभा बैठकमा अवरोध गरेको छ । बैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेको हो ।

adsads

काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेरमात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । विसं २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।

काँग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजीसमेत गरेको छ । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित गरिएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ४:५५ बजे मात्रै बैठक शुरु भएको थियो ।

बैठकको प्रारम्भमा नै काँग्रेसका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएपछि सभामुखले काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न दिनुभयो । नेता नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने धारणा राख्नुभयो । उहाँले बजेटलाई भने नरोक्ने बताउँदै उहाँले बजेटका लागि सहयोग गर्न तयार भएको धारणा राख्नुभयो ।

त्यसपश्चात् सभामुखले संसद्को कारबाही बढाउन लागे पनि रोष्टम अघि गएका काँग्रेसका सदस्यहरुले नारा लगाएपछि पुनःआधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जेल

फेसबुक

जेल

ट्वीटर

सामाजिक सञ्जाल

More